काठमाडौँ । सरकारले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि नियमित अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले बैठक सिफारिस गरिएको हो । बजेट ल्याउनका लागि बर्षे अधिवेशन बोलाउन मन्त्रिपरिषद्ले सिफारिस […]
काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारिरहेको छ । संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे मुख्यगरी छलफल भइरहेको छ ।
विराटनगर । प्रदेश १ मा शनिबार ५ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १ सय ६८, सुनसरीमा १ सय १९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङ मोरङको विराटनगरमा ८७ […]
काठमाडौं । सत्तारुढ नेकपा एमालको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । नेताहरुका अनुसार आज पनि सम्वादहरु हुनेछन् । तर अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएको छैन । पार्र्टीमा समानान्तर संरचना बनाएको माधव नेपाल समूहले २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गर्नुका साथै […]
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ । मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्। त्यसअघि, […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो पृष्ठभूमिका […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा खटिएका चिकित्सक सहित अन्य कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने भएको छ । बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट सो रकम दिने निर्णय गरेको हो । प्रदेश […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका छन् । ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका हुन्। उनले दक्षिण एसिया खोप लगाउने दक्षिण एसियामा […]
काठमाडौं । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक दिउसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताए । कांग्रेसले चैत २० […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी […]