Lite Nepal

मंगलबार, आश्विन ०६, २०८३

काठमाडौं । अमेरिकी ह्वाइट हाउसले ट्रम्प प्रशासनसँग सम्बन्धित सामग्री २४ घण्टा प्रसारण गर्ने डिजिटल नेटवर्क ‘ट्रम्प टिभी’ लन्च गर्ने घोषणा गरेको छ। ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिकोलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएपछि अमेरिकी टीभी नेटवर्कहरूले विरोधस्वरूप केही राष्ट्रपतीय कार्यक्रमको साझा कभरेज रोकेका छन्।

हेलिप्याड उद्घाटनको भिडियोसमेत ह्वाइट हाउसले आफैँ सार्वजनिक गर्नुपरेको थियो। यसैबीच, न्युयोर्क टाइम्सले ह्वाइट हाउसको फोटो पुलबाट प्राप्त तस्बिर प्रकाशन नगर्ने निर्णय गरेको छ। प्रतिबन्धविरुद्ध सीएनएन, एमएस नाउ र पोलिटिकोले सङ्घीय अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरूले प्रेस पहुँच पुनर्बहाली गर्न माग गरेका छन्।

ट्रम्प र अमेरिकी सञ्चारमाध्यमबीचको लामो विवादका बीच ‘ट्रम्प टिभी’लाई ह्वाइट हाउसको आफ्नै डिजिटल सञ्चार प्लेटफर्मका रूपमा अघि बढाउन खोजिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं