Lite Nepal

मंगलबार, आश्विन ०६, २०८३

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ ।

यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा बिदाइको लागि सरकारका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुग्ने गर्थे ।

तर प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उनलार्ई बिदाइ गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्कंदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ ।

प्रधानमन्त्री बालुवाटारबाट सिधै विमानस्थल जाने र विशिष्ट कक्ष हुँदै विमानतर्फ जाने तयारी छ ।

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह १४ सदस्यीय प्रतिनिधिमण्डलसहित कतार एअरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदैछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं