Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

उदयपुर । निर्वाचित भईसकेपछि धेरैजसो जनप्रतिनिधि जनताको सेवाभन्दा पनि ठुलो योजनाको सपना देख्छन्, र कामभन्दा बढि प्रचारमुखी हुन्छन् । फलस्वरुप जनतासँग गरेका बाचाहरु पुरा हुँदैनन् ।

तर, यस्ता पनि जनप्रतिनिधि छन् जो ठुलो योजनाभन्दा पनि जनताको मन छुने सानातिना काममै बढि केन्द्रित छन् । उनी हुन् उदयपुर बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा ।

जिल्लाको सबैभन्दा कान्छो नगरपालिकाका यतिबेला विकासका सबैभन्दा अब्बल छ । विना सेवासुबिधा बिषयगत सल्लाहकार नियुक्ती गरेका थापाले सबै काम योजनाबद्ध ढंगले सल्लाहकारको सल्लाह र आफ्नो विज्ञताको आधारमा गर्ने गर्दछन् ।

साना होस वा ठुला योजना किन नहोस उनी अन्य स्थानीय तहको तुलनामा अव्वल सावित छन् । साना कामबाटै उनी जनताविच लोकपृय छन् । कोभिड–१९ को बेला देशभरमा नै सबैभन्दा पहिला आफु चढ्दै आएको गाडी स्वास्थ्यकर्मीलाई उपलब्ध गराएर जनतालाई घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका मेयर थापाले पछिल्लो समय अर्को लोकपृय काम गरेका छन् ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका विचमा नै संघीय सरकारले ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई खोप उपलब्ध गराएपछि मेयर थापाले लक्षित समुहलाई खोप सुनिश्चितताका लागि गाउँ गाउँमा गाडी पढाएर जनताको मन जित्ने काम गरेका छन् ।

सवारीसाधन बन्द हुँदा खोप केन्द्रमा नगरबासीको पहुँच नपुग्ने भएपछि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने गरी निशुल्क निजी तथा सरकारी विद्यालयका चार वटा बस प्रयोग गरेका छन् । मेयर थापाले भने, ‘निषेधाज्ञाको बेला सबै सवारीसाधन थन्किएका थिए, त्यसैले निजी र सरकारी विद्यालयका बस इन्धन लगाउने शर्तमा निशुल्क प्रयोग गरेका हौ ।’

‘संक्रमण बढ्दो अवश्थामा छ,’ उनले भने, ‘आफ्ना नागरिकको स्वास्थ्य सुरक्षा गर्नु स्थानीय सरकारको दायित्व भएकाले, बस्ति बस्तिमा बस पुर्याएका हौ ।’ सवारी साधान नचलेको अवश्थामा धेरै जसो खोप लगाउनबाट वञ्चित हुने अवश्था आयो त्यसैले सरकारले उपलब्ध गराएको खोप सुबिधाबाट वञ्चित नगराउन अधिकतम प्रयास गरिकएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा