काठमाडौँ । गत पुस ५ गते विघटनपछि फागुन ११ गते पुनर्स्थापना भएको प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो । पहिलो बैठक २३ गते बसेको थियो । आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले बालुवाटारमा दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका छन्। अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ-आफ्नो कित्तामा लागेका छन्। सर्वोच्च अदालतको […]
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन्। (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको […]
विराटनगर । प्रदेश १ सभा सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन नेतृत्व गरेका नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले दाहाल–नेपाल समूह छाडेका छन् । उनी पार्टी एकता जोगाउने भन्दै नेकपाकै नेतृत्वमा सरकार गठन अभियानमा लागेको भन्दै सो समूह छाडेका हुन् । उनले भने, ‘पाँच वर्षका लागि नेकपाले जनमत पाएकाले पार्टी फुटाएर कांग्रेसलाई सरकारको […]
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । बिहीबार बिहान मात्र सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ […]
सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले तत्काल कुनै पनि समूहलाई संसदमा समर्थन नगर्ने बताएका छन् । शनिवार सिन्धुलीमा नेपाली कांग्रेस तीन पाटन गाउँपालिका समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्ने क्रममा थापाले नेकपाको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आधिकारिकता स्पष्ट नभएसम्म कुनै पनि पक्षसँग संवाद नगर्ने बताएका […]
इटहरी । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले नयाँ सरकार बनाउने र त्यो आफ्नै दलको नेतृत्वमा बन्ने दाबी गरेका छन् । आफ्नो समूह निकट प्रेस संगठनको प्रदेश १ भेलालाई शनिबार इटहरीमा सम्बोधन गर्दै उनले प्रतिगमनविरूद्ध लडेका दलहरूको सरकार बन्ने र त्यो नेकपा (प्रचण्ड–नेपाल ) समूहको नेतृत्व हुने बताएका […]
काठमाडौं । नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का सांसदसँग भेटघाट गरेका हुन् । ‘प्रधानमन्त्रीसँग हाम्रो छलफल […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) विराटनगरमा हुने विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराएरै छाड्ने सन्देश दिन प्रदेश १ को राजधानी विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सत्ता पक्षले शक्ति प्रदर्शन र बृहत आमसभाको आयोजना गरिएको छ । उत्त आमसभामा प्रधानमन्त्री ओली आउँदैछन् । प्रधानमन्त्री केपी […]
विराटनगर । राष्ट्रिय युवा संघको अगुवाईमा प्रदेश १ को राजधानी विराटनगरमा विहीबार मोटरसाईकल ¥याली निकालिएका छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा हुने जनसभामा सहभागी हुन आउने भएकाले त्यसको प्रचारका लागि युवासंघले विहीबार विराटनगरसहित मोरङका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको हो । हजारौँको संख्यामा दिउँसो नेकपा पार्टी कार्यालयबाट निकालिए मोटरसाइकल ¥यालीले विराटनगरका मुख्य चोकहरुको […]