काठमाडौं । नेपाल (एमाले)को नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
आइतवार राति ओलीले सशर्त पार्टीलाई जेठ २ मा फर्काउने भन्दै २ पेजको वक्तव्य जारी गरेपछि त्यसबारे औपचारिक निर्णय गर्न आकस्मिक बैठक बोलाएको हो ।
बैठक भर्चुल हुने र ११ बजेपछि बस्ने जनाइएको छ । ओलीको प्रस्तावमाथि सो समूहमा मिश्रीत प्रतिक्रिया आएको छ । बैठकपछि साझा धारणा सार्वजनिक गरिने जनाइएको छ ।