काठमाडौं – नेपाली कांग्रेसको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको हो । सो प्रस्तावउपर सामान्य सुझाव आएको र छलफलपश्चात् पारित हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समयमा नेपालको क्षेत्रीय र […]
काठमाडौं – बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ । भारी वर्षाका कारण प्रान्तका विभिन्न भाागमा […]
काठमाडौं – सांसद राज्यलक्ष्मी गैरेले विकृति, विसङ्गतिरहित समाज निर्माणका गरी मानव अधिकारमैत्री र विभेदरहित समाज निर्माणमा ध्यान दिन अग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा उहाँले नेपालको संविधान र कानुनले हिंसारहित समाजको परिकल्पना गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा मानव अधिकारमैत्री समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । “एकै दिनमा दुई २४ वर्षीय […]
काठमाडौं – देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै प्रदेश नं १, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जनाइएको छ । विभागले प्रदेश नं […]
काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले सर्वसम्मतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उहाँले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसित चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले भेटवार्ता गरिरहनु भएको छ । नेपालको चारदिने भ्रमणमा रहेका लिउ अध्यक्ष ओलीलाई भेट्न केहीबेर अघि ओली निवास बालकोट पुग्नुभएको हो । यसअघि, उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री […]
काठमाडौं – नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन् । तर त्यही कटुसको […]
काठमाडौं । संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबल गर्नुहुनेछ । जसमध्ये, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९, सामाजिक सुरक्षा (पहिलो […]
काठमाडौं – २०७८ साल असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति ग¥यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै […]