सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीको जवाफ यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका […]

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले प्रश्नोत्तर गर्ने

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छे—९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको […]

कोशीले यसरी मनायो स्थापना दिवस

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको स्थापना नै संघीयता कार्यान्वयनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । कोशी प्रदेश सरकारले सातौँ स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सात वर्षको समीक्षा गर्दै आगामी दिनमा कमजोरी सुधार गर्दै लग्ने सरकारको योजनाको उनले प्रशंसा गरे । कार्यक्रममा मुख्यमन्त्री […]

अर्थमन्त्री पौडेल र पोखराका मेयरलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ । मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले जनाएका छन् । केसीका अनुसार […]

कोशी प्रदेश स्थापनाको ७ वर्षमा के के भए ? (पुस्तकसहित)

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको आज (शनिबार) ७ वर्ष वर्ष पुगेको छ । पहिलोपटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो । कोशी प्रदेशमा ७ वर्षको अवधिमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा (सर्वोच्च अदालतबाट […]

प्राध्यापक महेन्द्र लावतीको नियतमा प्रश्नै प्रश्न, यसरी छरिरहेका छन् भ्रम

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको क्रममा छ । सबै प्रक्रिया पुरा गरेर सुरु गरिएको केबलकार निर्माणको विभिन्न अड्कलका साथ विरोध र भ्रम छर्दै ‘नो केबलकार समूह’ले आन्दोलन पनि गरिरहेको छ । यस्तै आन्दोलन र भ्रम फैलाउनमा सक्रिय छन् – अमेरिकाको विश्वविद्यालयमा प्राध्यापकको भूमिकामा रहेका महेन्द्र लावती । उनी अहिले नेपालमा छन् […]

भ्रष्टाचार मुद्दा : कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीलाई ६ वर्ष कैद

काठमाडाैं । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएकाे मुद्दामा सर्वोच्च अदालतले पराजुलीलाई दाेषी ठहर गर्दै ६ वर्ष कैद सजाय सुनाएको छ । ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको सर्वोच्चले त्यसको दोब्बर एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । […]

‘नो केबलकार समूह’लाई सरकारी वार्ता समितिले पुनः बोलायो वार्तामा

काठमाडाैं । सरकारी वार्ता समितिले पाथीभरा केबलकारको विपक्षमा आन्दोलन गरिरहेका समूहलाई वार्ताका माध्यमबाट समाधान खोज्न पुनः आग्रह गरेको छ। गृह मन्त्रालयले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो। गृह मन्त्रालयबाट गठित वार्ता टोली पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न स्थानीय समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ता र संवाद गर्न सदैव तयार […]

‘नो केबलकार समूह’सँग गृहमन्त्रीले आज सम्वाद गर्ने

काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोधमा रहेको पक्षसँग गृहमन्त्रीले आज छलफल गर्दैछन् । आज साँझ ६ बजे गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने भएका हुन् । गृहमन्त्रीसँगको वार्ताका लागि नेकपा एमाले सांसद योगेश भट्टराईले सहजिकरण गरेका थिए । आइतबार आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीचको वार्ता भाँडिएको थियो । वार्ता भाडिएपछि आन्दोलनरत पक्षले राजनीतिक […]

प्रतिनिधिसभा बैठक बस्दै, के के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१’ पेस गर्ने कार्यसूची रहेको छ । सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं