उच्चले रोक्यो पूर्वमुख्यमन्त्री थापालाई गाडी सुविधाको निर्णय

विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस दलका नेता उद्धव थापालाई सवारी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारी र केशवप्रसाद वास्तोलाको सोमबारको इजलासलले निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापालाई गत १३ असोजमा एउटा हलुका सवारीसाधन, […]

संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन यही माघ १८ गते आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद् बैठक बोलाउन आलटाल गरेको भन्दै विपक्षी दलहरुले सरकारको आलोचना गर्दै आएका थिए । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन […]

प्रेमिकाले धोका दिएको भन्दै पुरुषले आफ्नै शरीरमा लगाए आगो

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–६ मा प्रेमिकाले धोका दिएको आरोप लगाएर एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश […]

कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न सिफारिस

चितवन । रातको समयमा एक सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोलाई घटनाको छानबिनको जिम्मेवारी दिएको थियो । छानबिनका क्रममा कुटपिट गर्ने प्रहरी भरतपुर महानगरपालिका-११ बाइपास रोड क्षेत्रमा गणेशस्थान प्रहरी बिटका […]

प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ चितवनको, डीएसपीको नेतृत्वमा छानबिन सुरू

चितवन । रातको समयमा प्रहरीले एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ । उक्त भिडिओ भरतपुरको बाइपास रोड क्षेत्र आसपास खिचिएको पुष्टि भएसँगै चितवन प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा घटनाबारे छानबिन सुरू गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाको सम्बन्धमा सत्यतथ्य […]

सर्वोच्चले रिट खारेज गरेसँगै राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयन गर्न खुल्यो बाटो

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा रोक लगाउनुपर्ने माग सहित परेको रिट खारेज गरेको छ । यससँगै सरकारलाई सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो । सर्वोच्चले केही विषयमा भने सरकारका […]

विपिन सकुशल घर फर्किने आशामा परिवार

कञ्चनपुर । हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार उनी सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा […]

सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरूको भनाइ छ । उत्पादन कम भए पनि बजारमा मूल्य गत वर्षको तुलनामा वृद्धि भएको छ । यतिबेला धनकुटाको खोकु, छिन्ताङ्, बुधुक, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाबाट […]

मौसम : कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यति बेला कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो लागेको […]

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा वृद्धको मृत्यु

सुनसरी । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचामा एक वृद्धको मृत्यु भएको छ । शुक्रबार राति छावा सहित बस्ती पसेको माउ हात्तीले आक्रमण गर्दा सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मध्यराति हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्रमणमा परी घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा