रूपन्देही । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने अदालतमा उपस्थित भएका हुन् । मंगलबार हवाईमार्ग हुँदै भैरहवा पुगेका लामिछाने आज बिहान साढे नौ बजे अदालतमा उपस्थित भएका हुन् । सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर […]
चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । निजलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।
बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ । पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन् । जैमिनी नगरपालिका–५ का कृष्णबहादुर […]
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले विधान महाधिवेशनको मिति तय गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २० गतेदेखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्ने निर्णय भएको पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा यति बेला आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागेको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोगगर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुवे देखिएकाले साँझ ५ बजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साँझ परेपछि दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई सामूहिक […]
बाँके । बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण तथा निरीक्षणका साथै गणना सुरु गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ । “गोहीको अवस्थाको […]
काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी समस्याको विषयमा जानकारी गराएका छन् । रित्तो गाग्रो बोकेर काठमाडौं पुगेका मेयर साम्पाङ धरानवासीको खानेपानी समस्या समाधानको माग राख्न मंगलबार मन्त्रालय पुगेका थिए । भेटमा खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिने र बाँकी काम […]
मोरङ । पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ । उनीहरू पथरी शनिश्चरे-८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रिक सिटी, प्लम्बिङ पशुपालन तालिम लिँदै आएका छन् । सो विद्यालयमा […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यति बेला गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागेको […]