काठमाडौँ । तीन वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणलाई लिएर कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले आफूविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत धारणा निर्माण गर्न खोजिएको दाबी गरेकी छन्। गरिमाका अभिभावक र सरकारबीच तीनबुँदे सहमति भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले अनुसन्धान पूरा नहुँदै घटनाबारे निष्कर्ष निकाल्ने तथा अपुष्ट सूचना फैलाउने प्रवृत्तिले न्यायिक […]
विराटनगर । सुदन किरातीले सामाजिक सञ्जालमा आफूले लगाएको टिसर्टलाई लिएर आएको प्रतिक्रियाको खण्डन गर्दै देशको हितका लागि आवश्यक परे पेटिकोट लगाएरसमेत हिँड्न सक्ने बताएका छन्। शनिबार आयोजित एक कार्यक्रममा बोल्दै किरातीले पूर्व पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेको तथा दिएको प्रतिक्रियाको विषयमा धारणा राखेका हुन्। उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रिन्ट भएको टिसर्ट लगाएको […]
काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’सँग शनिबार (भदौ ६) १४ बुँदे सहमति गरेको छ । सहमति भएसँगै महाअभियानले यसअघि आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
विराटनगर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध चिसिएको भन्ने हल्ला निराधार भएको दाबी गरेका छन् । विराटनगरमा शनिबार आयोजित ‘मिसन जागरण अभियान २०८३’ अन्तर्गतको महानगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी र विवाद नरहेको बताए । उनले प्रधानमन्त्री मेयर बालेन शाह र रास्वपाको भने […]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीका ‘जम्बो’ कमिटीले संगठनलाई बलियो बनाउन नसक्ने बताएकी छन्। शनिबार कोशी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले अत्यधिक ठूलो संगठनका कारण सदस्यबीच प्रभावकारी संवाद हुन नसकेको बताइन्। मंसिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ। भुसालले पार्टीमा पदप्रतिको मोह बढ्दै […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोसी प्रदेशमा विद्युत् आपूर्ति थप नियमित, गुणस्तरीय र भरपर्दो बनाउँदै विद्युत् खपत बढाउन विशेष योजना बनाउन निर्देशन दिएका छन्। कोसी भ्रमणका क्रममा उनले विद्युत् आपूर्तिका समस्या र नागरिकका गुनासा तत्काल सम्बोधन गर्न तथा प्रसारण र वितरण पूर्वाधार सुधारलाई तीव्रता दिन प्राधिकरणका अधिकारीलाई निर्देशन दिए। मन्त्री श्रेष्ठले सुनसरी–मोरङ […]
गण्डकी । परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए । मुस्ताङमा प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
विराटनगर । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृहमन्त्री गुरुङले आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको र नागरिकको आक्रोशलाई आफूले पूर्ण रूपमा महसुस गरेको उल्लेख गरेका छन्। उनका अनुसार घटनाको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना दिँदै नेपाल र बंगलादेशबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन्। ढाकास्थित नेपाली राजदूतावासका अनुसार, राष्ट्रपति पौडेलले आफ्नो शुभकामना […]
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय आय, रोजगारी […]