अन्य प्रदेशमा अक्सिजन पठाउँदै आएको प्रदेश १ आफै समस्यामा

विराटनगर । विराटनगरस्थित कोसी कोभिड–१९ अस्पतालमा अक्सिजनका सिलिण्डर बोकेका गाडीको आउजाउ दिनभरी चल्छ । बिहानैदेखि अक्सिजन ढुवानी गर्ने गाडी आउने र राति अबेरसम्म त्यो क्रम जारी रहने अस्पतालका इञ्चार्ज बैजनाथ साह बताउँछन् । लक्षणसहितका संक्रमितको अस्पतालमा चाप बढ्दै जाँदा अक्सिजनको माग अत्याधिक बढेको छ । ‘बिरामीको संख्या बढेपछि अक्सिजनको माग स्वभाविक रुपमा बढ्छ । त्यसमा […]

ताप्लेजुङमा ८३ सहित प्रदेश १ मा १ हजार २९८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण […]

जिल्ला अस्पतालहरुको सुधार गर्नुपर्ने महसुस भयो : मन्त्री उषाकला

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छिन् । प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयका प्रमुख लगायत सरोकारवालासँग बुधबार गरिएको भर्चुअल बैठकमा मन्त्री राईले यो समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर महामारीमा होमिनु पर्ने बताईन् । उनले कोरोना […]

योगेशले काठमाडौबाट पठाएको स्वास्थ्य सामग्री पुग्यो ताप्लेजुङ

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट पठाएको स्वास्थ्य सामग्री ताप्लेजुङ पुगेको छ । ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि भट्टराईको पहलमा काठमाडौंमा स्वास्थ्य सामग्री संकलन गरी गत सोमबार ताप्लेजुङका लागि पठाइएको थियो । सामान बुधबार विहान मध्यान्न ताप्लेजुङ पुगेको हो । सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित […]

ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो । मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर […]

ताप्लेजुङमा कोरोना संक्रमितको निधन, मृतकको संख्या ७ पुग्यो

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमण बढेसँगै मृतकको संख्या पनि थपिन थालेको छ । बुधबार विहान मात्रै दुई जनाले ज्यान गुमाएका छन् । एक जनाको संक्रमण या अन्य कारण मृत्यू भएको हो पुष्टि हुन बाँकिनै छ । बुधबार विहान मृत्यू हुनेमा फक्ताङलुङ गाउँपालिका ५ तापेथोक घर भई फुङ्लिङ बजारमा बस्दै आएका ५० पुरुष र फुङ्लिङ नगरपालिका […]

बुधबार बिहानै भूकम्पको धक्का महसुस, लमजुङ आसपास केन्द्रविन्दु

विराटनगर । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ आसपास केन्द्रविन्दु भएको ५।८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको महसुस काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गरिएको थियो। २०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम भने अझै रहेको छ। पछिल्लो समय वैशाख १५ […]

प्रदेश १ मा कोरोनाको ग्राफ उक्लदै, एकैदिन थपिए १,२०६ संक्रमित (कुन जिल्लामा कति)

विराटनगर । प्रदेश १ मा मंगलबार १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक […]

सुरक्षाकर्मीलाई साथ दिन खटिए शिक्षक र कर्मचारी

विराटनगर । दोस्रो चरणको कोरोना महामारीका कारण देशका अधिकाँस जिल्लामा निषेधाज्ञा छ । सरकारले गरेको निर्णयको पालना गराउन सुरक्षा निकाय मात्रै सडकमा छ । सुरक्षा निकायको थोरै जनशक्तिले निषेधाज्ञालाई कडाई गर्न नसकिरहेको समयमा मोरङको एक स्थानीय तहमा भने शिक्षक र सरकारी कर्मचारी पनि नाका र बजारमा कडाई गर्न उत्रिएका छन् । सरकारी विद्यालय र केही […]

भारतमा कोरोना : २४ घण्टामा ४ हजार तीन सय ४० ले गुमाए ज्यान

विराटनगर । भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४० जनाको मृत्यु भएको हो । भारतमा एकै दिन धेरै सङ्क्रमितको मृत्यु पहिलो हो । यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो । भारतमा कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहे पनि दैनिक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा