काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले झापामा आफ्नो नेता कार्यकर्तामाथि भएको साङ्घातिक आक्रमणको घटनाको यथार्थ सार्वजनिक गर्न र छानविन समिति बनाई दोषीलाई आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष क्षितिज थेवेले घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्दै दोषीलाई कारबाही नगरे संघ सशक्त प्रतिवादमा उत्रने चेतावनी समेत दिएका छन् […]
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिर्तामोडबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ४ बस्ने खगेन्द्र खालिङ्ग रहेको झापा प्रहरीले जनाएको छ । खालिङ्गलाई बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । घटनामा […]
काठमाडौं । प्रतिनिधिसभाको कुर्सी भाँचिदा सांसद उर्मिला थेबे लडेकी छिन् । मंगलबार बैठक चलिरहँदा कुर्सी भाँचिदा नेकपा (एमाले) की सांसद थेबे लडेकी हुन् । उक्त समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका थिए । उनी लडेपछि केही बेर थापा बोल्न रोकिएका थिए भने । अन्य सांसदले पनि फर्किएर हेरेका थिए । उनलाई चोटपटक भने नलागेको बताइएको […]
काठमाडौं । कोशी प्रदेश सभाको आजको बैठकमा सम्बोधन गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुन्न विपक्षी दलहरु तयार भएका छन् । ओलीले दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकाई विषेश सम्बोधन गर्ने कार्यसूची प्रदेश सभा सचिवालयले निकालेको छ । यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीको कार्यक्रममा सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले कर्णाली र सुदूरपश्चित प्रदेशसभा बैठकलाई सम्बाेधन गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएपछि ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् । कोशी प्रदेशसभा सचिवालयका […]
काठमाडौं । राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन् । उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन् । उनी ३ बजे काठमाडौं ओर्लने बताइएको छ । उनी समिट एअरको विमान चार्टर्ड गरेर काठमाडौं आउन लागेका हुन् । उनलाई राजावादीहरू विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन् । जसले गर्दा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आएको छ । उक्त मत परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले पराजित गरेको छ । ढकाल पक्षबाट उम्मेदवार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले भने औपचारिक परिणाम घोषणा गरेको छैन । […]
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको पक्षमा उभिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो धारणा व्यक्त गरेको हो । ‘वार्ताका लागि सरकारले निर्माण कार्य रोक्ने कुरालाई समर्थन गर्दै नो केबुलकार भन्नेसँग सैद्धान्तिक सहमति छैन,’ प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘वार्ता गर्न र त्यहाँ देखिएका […]
विराटनगर । नेकपा माओवादी केन्द्रद्वारा सुरु गरिएको तराई–मधेश जागरण अभियान मोरङ प्रवेश गरेको छ। माओवादीले कानेपोखरी गाउँपालिकाका चार विद्यालयलाई पत्र पठाएर नै फागुन १३ गते विद्यालय बन्द गर्न दबाब दिएको छ। पार्टीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको उपस्थितिमा हुने बृहत जनसभाका कारण विद्यार्थी प्रभावित हुने भन्दै पल एकेडेमी, बालजगत इङ्लिस बोर्डिङ, […]