काठमाडौं – संसदमा बहुसंख्यक सासंद उच्च शिक्षा हासिल गरेका छन् । विधि निर्माण गर्ने थलोमा उच्च शैक्षिक योग्यता भएकाहरुको यो उपस्थितिले हरेक विषयमा गुणस्तरीय छलफल र बहस हुने र त्यस अनुसारको विधि बन्ने अपेक्षा हुनु स्वभाविक हो । संसदमा उच्च शिक्षा हासिल गरेकाको संख्या बढ्दा त्यहाँ उठान हुने विषय र प्रस्तुति प्रभावकारी हुन्छ भन्ने आम […]
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्। चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ।’ भयो पनि त्यस्तै। चुप लागेरै गठबन्धन भत्काइदिए। निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाए। […]
काठमाडौं – काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद हिरा भट्टराईले आज बिहान पौने ६ बजे गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको बताए । ‘यो भनेको यस वर्षको अहिलेसम्मको कम […]
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गर्नुभएको थियो । पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार […]
काठमाडाैं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्रहरुमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको र प्रारम्भिक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण गर्ने […]
काठमाडाैं – चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्। आउँदो ज्यानुअरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्। चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख […]
काठमाडौं – दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन निर्वाचन आयोगले आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको छ । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ती नामावली भित्रैबाट […]
काठमाडौं – नेकपा एमालेले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै घनश्याम भूसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भूसाल र साहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाहीको निर्णय गरेको […]
ताप्लेजुङ – लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो […]
ताप्लेजुङ — हरेक बिहान माथिल्लो फेदीबाट उकालो चढ्ने र दिउँसो ओरालो झर्ने राजेन्द्र महतले रेडपान्डाका बच्चाको हूल देखे । क्याउँक्याउँ कराउँदै आफूनजिक आएका बच्चालाई तीर्थयात्रीले हातले सुमसुम्याए र फोटो/भिडियो कैद गरे । एउटा माउको पछिपछि तीन बच्चा हिँडिरहेको दृृश्य तीर्थयात्रीका लागि अनौठो थियो । पाथीभरा मन्दिरका कर्मचारीसमेत रहेका राजेन्द्रले नजिस्क्याउन र अलग्गैबाट तस्बिर लिन तीर्थयात्रीलाई सुझाए । मानवीय दूरीबाट […]