किन खाने पोलेको मकै ?

काठमाडौं– पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खाँदाको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम छ । यो मौसममा कतिपय मानिस तातो–तातो मकै खान मन रुचाउँछन् । यो मौसममा पोलेको मकै खाँदा धेरै फाइदा पाउन सकिन्छ । अहिले गाउँबाट केही सामान मगाउँदा पोलेको मकै पनि पठाइदिनुस् है भनेको […]

अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन : ठाकुर गैरे

काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने टिप्पणी गरेका छन् । उनले विपक्षमा करिब दुई तिहाइ बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका […]

मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम

बाँके– स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२ जिल्लाका २४ जना अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई पाँचदिने तालिम प्रदान गरेको हो । नेपालगञ्जमा हालै आयोजित तालिममा […]

बाघको आक्रमणबाट तीन महिला घाइते

दाङ– दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाकी ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको जानकारी दिए । आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण […]

डडेल्धुरामा पहिरो : एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द

डडेल्धुरा– डडेल्धुरामा पहिरो परी एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो । लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा […]

बाढी-पहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ अन्तिमयताको विवरणअनुसार बाढी, पहिरोबाट ४८ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, […]

तनहुँकी किशोरीलाई पोखरामा बन्धक बनाएर बलात्कार, भारतीयसहित दुईजना पक्राउ

कास्की- तनहुँकी एकजना नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ। अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताएका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ […]

मीना ढकाल पक्राउ

भक्तपुर – पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको जानकारी दिए । ‘मीना ढकाललाई भक्तपुरबाट पक्राउ गरिएको छ, उनलाई साइबर क्राइमसम्बन्धी मुद्दामा हिरासतमा लिएका छौँ’, कार्कीले खबरहबसँग भने, ‘उनीविरुद्ध भक्तपुर परिसरबाटै अब मुद्दा अघि […]

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधारणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो । विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको […]

बजेटमार्फत कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने नीति लिएको छु : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले नेपालको भौगोलिक अवस्थिति अनुसारका अन्य देशहरूको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले नेपालको विश्वसँग सहजै अन्तरक्रिया गर्ने सम्भावना कम रहेकाले दुई छिमेकी मुलुकसँग अन्तरक्रिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै अन्य देशहरूको अनुभव लिएर सोही अनुसारको राजनीतिक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं