काठमाडौंको फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘नेपाली युवाहरू अब […]

आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुगमन […]

राष्ट्रिय युवा संघको नेतृत्व हस्तान्तरण हुँदै, महाराज गुरुङ अध्यक्ष बन्दै

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष क्षितिज थेबेले आज संगठनको नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेका छन् । एमालेबाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थेबेले नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । यसअघि पोखरामा सम्पन्न महाधिवेशनमै भएको भद्र सहमति अनुसार अध्यक्ष थेबेले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षको जिम्मेवारी सुम्पन लागेका हुन् । आज […]

सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् । सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु […]

काठमाडौंमा रहेका ताप्लेजुङका मतदातासँग भेटघाट गर्दै क्षितिज

काठमाडौं । नेकपा (एमाले)बाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका एमाले नेता क्षितिज थेबेले काठमाडौंमा रहेका ताप्लेजुङवासीसँग भेटघाट गर्ने भएका छन् । भोली (माघ १६ गते शुक्रबार) काठमाडौंको धुम्बाराहीमा रहेको सूर्य पार्टी प्यालेसमा विषेश कार्यक्रमको आयोजना गर्दै जिल्लावासीसँग साक्षात्कार र संवादका लागि भेटघाट गर्ने तयारी गरेको नेता थेबेले लाइट नेपाललाई बताए । ‘काठमाडौंमा रहनुभएका […]

यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश […]

क्षितिज थेबे : युवा राजनीतिबाट संसदको लक्ष्यसम्म

ताप्लेजुङ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबे फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट एमालेका उम्मेदवार छन् । संगठनात्मक राजनीतिमा लामो समय सक्रिय रहँदै आएका थेबे यसपटक संसदमार्फत जिल्लाको विकास र युवाका मुद्दा उठाउने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन् । थेबे एमालेभित्र युवा […]

काठमाडौंमा ताप्लेजुङका ३००० बढी मतदाता, क्षितिज जिताउन सम्पर्क कमिटीले बनायो यस्तो रणनीति

काठमाडौं । नेकपा एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क कमिटीले एमाले उम्मेदवार क्षितिज थेबेलाई फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतले विजयी गराउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्ने भएको छ । कमिटीको मंगलबार सम्पन्न विस्तारित बैठकले आफ्नो उम्मेदवार थेबेलाई विजय गराउने दृढ संकल्पसहित संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा चुनावी व्यवस्थापनका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको […]

१५औं महाधिवेशनमा पनि पार्टी नेतृत्व सम्हाल्ने गगन थापाको दाबी

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी १५औँ महाधिवेशनमा पुनः पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने तयारीमा आफू रहेको बताएका छन्। सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको अन्तरक्रियामा थापाले आफू विशेष महाधिवेशनमार्फत हालै मात्र सभापति चयन भएको उल्लेख गर्दै पार्टी नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारे। उनले नेतृत्वको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनमार्फत पुनः सभापति […]

चुमनुव्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गर्दै सुदन गुरुङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ का उम्मेदवार सुदन गुरुङले आजदेखि घरदैलो अभियान सुरु गर्दैछन् । उनले सामाजिक सञ्जालमार्फत गोरखाको चुमनुव्री गाउँपालिकाबाट २१ फागुनमा हुने प्रतिनिधि सभा बैठकका लागि घरदैलो अभियान सुरु गर्ने जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘आजदेखि गोरखाको चुमनुव्री गाउँपालिकाबाट आउँदो निर्वाचनका लागि घरदैलो अभियान सुरु गर्दैछु, यो यात्रा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं