हेटौडा– नेकपा एमाले बागमती सरकारबाट बाहिरिने भएको छ । एमालेले बागमती सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार एमालेका मन्त्रीहरूले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्तासहित सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् । एमालेबाट बागमती सरकारमा ५ जना […]
गुलरिया– बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरु भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो । नगर स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले अस्पतालमा व्यवस्थापनका सबै तयारी पूरा भएपछि सेवा सुरु गरिएको जानकारी दिए । २४ सैँ घण्टा निःशुल्क सेवा दिँदै आएको यस अस्पतालमा सर्पदंश उपचार […]
काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ । शुक्रबार बसेको समितिको दशौँ बैठकले गृह सचिव र प्रहरी महानिरीक्षकसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारबाहीको विषयमा छलफल गरेको हो । यस अघि समितिले बिहीबार हालेखापरिक्षक तोयम […]
काठमाडौं– मानिसका धेरै लत मध्ये चिया पनि एउटा लत हो । चिया खाने बानी अधिकांशको हुन्छ । अझ बिहान उठेर चिया नखाएसम्म दिनको सुरुवात भएजस्तो लाग्दैन । वास्तवमै चिया पिउन कसलाई मन पर्दैन होला र ? चिया धेरै मानिसका लागि नशा जस्तै बनेका हुन्छ र लत नै बस्छ । कतिपय मानिसहरू दिनभरिमा दसौँ कप चिया […]
तेह्रथुम– आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी […]
काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । बुधबार आठजना मन्त्रीको राजीनामासँगै सरकारबाट समर्थन फिर्ता लिएको एमाले अब संसद्मा प्रतिपक्षमा बस्ने भएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयलाई पत्र लेख्दै प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको […]
काठमाडौं– झापाको बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेन स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्राम सहित दमक नगरपालिका-४ बस्ने २३ वर्षीय एलिन दर्नाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवनको खैरहनी नगरपालिका-२ चैनपुर स्थित सडकबाट […]
काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ भइरहेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा अहिले बहस चलिरहेको छ । मंगलबार र बुधबार दुई दिनमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दामा अहिले सुनुवाइ जारी छ । अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको […]
काठमाडौं– नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरे । उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा […]
काठमाडौं– गर्मीमा एसीको चिसो हावाबाट सबैले ठूलो राहत पाउँछन् । गर्मीको मौसममा एसीको कूलिङ इफेक्टलाई अरूसँग तुलना गर्न सकिँदैन । अब वर्षायाम सुरु भएको छ र धेरैको मनमा यो प्रश्न छ कि वर्षामा एसी चलाउनु ठिक हो कि होइन? विन्डो एसी होस् वा स्प्लिट एसी युनिट होस्, तपाईँको एसी युनिटको लागि वर्षा हानिकारक छैन। एसीको […]