
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण भएको छ । ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, संखुवासभा, इलाम, तेहृथुम र ओखलढुङ्गामा १–१ र […]
विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । उनलाई संविधानको धारा १६८ उपधार २ बमोजिम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केहि बेरमा उनलाई पद तथा गोपनीयताको सपथ खुवाउने तयारी भएको छ । भिम आचार्यले हिजो राजीनामा दिएपछि राईलाई मुख्यमन्त्री […]
एक महिलाले अर्की महिलालाई सोधिन्, ‘बच्चा जन्मिएको खुसीमा तिम्रो पतिले तिमीलाई के उपहार दिए ?’ दोस्री महिलाले जवाफ दिइन, ’केही पनि दिएनन् ।’ पहिलो महिलाले फेरि सोधिन, ‘के तिम्रो पतिको नजरमा तिम्रो कुनै मूल्य छैन ?’ यति भनेर पहिलो महिला आफ्नो बाटो लागिन् तर उनको प्रश्न भने दोस्रो महिलाको कानमा बिषालु हावा बनेर घुस्यो । […]
काठमाडौं । नेपाली सेना र अमेरिकी सेना बीच संयुक्त तालिम अभ्यास सुरु भएको छ । काठमाडौंको छाउनी स्थित रेञ्जर गणमा सोमबारबाट ‘एक्स टिक नेल २२’ सुरु भएको हो । नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरूमध्ये ३० जना र अमेरिकी सेनाका २० जना गरी ५० जनाको अभ्यासमा सहभागिता रहेको सेनाले जनाएको छ । […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र […]
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । नयाँ तालिकाअनुसार हालसम्म वडा […]
ताप्लेजुङ । ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ। पछिल्लो पटक सङ्क्रमित भय होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ […]
काठमाडौं । नेपाल बार एसोसियसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बारका महासचिव लीलामणि पौडेलले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको जानकारी दिए। बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए ९० ओटा इकाइमार्फत आन्दोलन गर्ने निर्णय गरेको छ। राजीनामा नदिए कालोपट्टी बाँधेर आन्दोलन थाल्ने र निकास ननिस्किए बेन्च बहिष्कार गर्नेसम्मको आन्दोलन गर्ने बारले जनाएको […]
ताप्लेजुङ । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर […]
काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । गजमेर सन् २०२१ भर […]