विराटनगर । विराटनगरमा ३ स्थित एक वृद्धाको घरमा छरछिमेकी जान नमान्दा दाहसंस्कार हुन सकेको छैन । परिवारमा कोरोना संक्रमण पुष्टि भए पश्चात छरछिमेकी घरमा पस्न नमान्दा ८७ वर्षीया वृद्धाकाे अन्त्येष्टि हुन नसकेकाे हाे । कोरोना पुष्टि भए संगै ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् भने बुहारी र नातिको रिपोर्ट पनि पोजेटिभ आएको छ । […]
काठमाडौं । नेपाल प्रहरीका दुई जना नायव महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी प्रवक्ता, एसएसपी कुबेर कडायतका अनुसार संक्रमण पुष्टि भएका दुवै डीआईजी महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत छन्। प्राविधिकतर्फका दुई डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिंदै कडायतले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको हिमालखबरलाई बताए। हालसम्म प्रहरीमा कोरोना संक्रमण हुने डीआईजी […]
पाँचथर । अलैंची निर्यात हुन नसक्दा पाँचथरका ब्यवसायी र किसान निराश बनेका छन् । कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैंची भारत निर्यात नहुँदा ब्यवसायी निराश बनेका हुन् । ठूलो परिमाणमा किसान र व्यवसायीको गोदाममा अलैंची थन्किएको अलैँची ब्यवसायी महासंघका उपाध्यक्ष नरेन्द्र अधिकारीले जानकारी गराउनुभएको छ । भारत निर्यात हुन नसक्दा कृषकले उत्पादन गरेको अलैँची […]
विराटनगर । मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो […]
सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ। यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो। यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरी […]
विराटनगर । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ। कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा भएको हो। कोरोना पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई भने गत मंगलबार नै उपचारका लागि विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको […]
काठमाडौं । नेपालका विभिन्न शैक्षिक संस्थामा ए लेभल अध्ययन गरिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन्। यी क्यामपसहरुलाई ए लेभल पढाइको मान्यता दिएको बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले नतिजा प्रकाशन गर्दा अनियमितता गरेको गुनासो गर्दै उनीहरु आन्दोलित भएका हुन्। क्याम्ब्रिजले ए लेभको नतिजा गत साता सार्वजनिक गरेको थियो। कोभिड १९ को संक्रमणका कारणले परीक्षा सञ्चालन गर्न नसकेपछि विश्वविद्यालयले विद्यार्थीको […]
काठमाडौ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख तीन सय ५९ जना पुगेको छ । आईतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ६८ हजार ६ सय तीन जना पुगेको छ भने एक करोड ४३ […]
विराटनगर । सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र जरवजस्ती करणी […]
झापा । कोरोना संक्रमित भेटिने क्रम बढेपछि झापाको दमक नगरपालिकाले लकडाउन घोषणा गरेको छ। गत चैत ११ गतेदेखि संघीय सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएसँगै संक्रमण फैलिएकाले लकडाउन गर्ने निर्णय गरेको हो। नगरपालिकाको आकस्मिक बैठकले शनिबार रातिदेखि लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो। नगरप्रमुख रोमनाथ ओलीका अनुसार आगामी भदौ ५ गते सम्मका […]