Lite Nepal

आइतबार, साउन ३२, २०७७

विराटनगर । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ।

कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा भएको हो।

कोरोना पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई भने गत मंगलबार नै उपचारका लागि विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको छ।

छोरालाई आइसोलेसनमा भर्ना गरेर वृद्धाको भने पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।

ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी वृद्धाको मृत्यु भएपनि अहिलेसम्म रिपोर्ट आइसकेको छैन।

कोरोना पुष्टि भएर छोरा आइसोलेसनमा पुगेपछि ती वृद्धाको स्याहारमा बुहारी खटेकी थिइन्।

ढिलो रिपोर्ट प्राप्त हुँदा उनको शव व्यवस्थापन अन्योलमा परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं