Lite Nepal

आइतबार, साउन ३२, २०७७

विराटनगर । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ।

कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा भएको हो।

कोरोना पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई भने गत मंगलबार नै उपचारका लागि विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको छ।

छोरालाई आइसोलेसनमा भर्ना गरेर वृद्धाको भने पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।

ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी वृद्धाको मृत्यु भएपनि अहिलेसम्म रिपोर्ट आइसकेको छैन।

कोरोना पुष्टि भएर छोरा आइसोलेसनमा पुगेपछि ती वृद्धाको स्याहारमा बुहारी खटेकी थिइन्।

ढिलो रिपोर्ट प्राप्त हुँदा उनको शव व्यवस्थापन अन्योलमा परेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा