Lite Nepal

आइतबार, साउन ३२, २०७७

विराटनगर । विराटनगरमा ३ स्थित एक वृद्धाको घरमा छरछिमेकी जान नमान्दा दाहसंस्कार हुन सकेको छैन ।

परिवारमा कोरोना संक्रमण पुष्टि भए पश्चात छरछिमेकी घरमा पस्न नमान्दा ८७ वर्षीया वृद्धाकाे अन्त्येष्टि हुन नसकेकाे हाे ।

कोरोना पुष्टि भए संगै ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् भने बुहारी र नातिको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

स्याहारसुसार गर्ने बुहारी र त्यही घरमा बस्ने नातिको रिपोर्ट पोजेटिभ आएपछि वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि छरछिमेकी घरमा पसेर अन्त्येष्टि गर्न लैजान शव उठाउनलाई डराइरहेको स्थानीयले बताए ।

मृत्यु भएकी वृद्धामा पनि ज्वरो आउने लगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको स्थानिय बताउँछन् ।

वृद्धाको नियमित स्याहारसुधार गर्नेसँगै मृत्यु भएपछि रातभर रुँघेर बुहारी र नाति बसेका थिए ।

वृद्धाको रिपोर्ट नेगेटिभ आएपछि विराटनगर महानगरपालिकाले शवको दाहसंस्कार गर्न परिवारलाई अनुमति दिएता पनि गर्मीका कारण सडेर शव गन्हाउन सक्ने अवस्था आइसकेकाे वडाअध्यक्ष विनोद बस्नेत बताउछन् ।

बस्नेतका अनुसार परिवारका अन्य सदस्य संक्रमित भएका कारण छिमेकीहरु घरमा पसेर शव उठाउन डराएको बताए ।

के गर्ने भन्ने बारे हामी सल्लाह गरेर निर्णय लिने बस्नेत बताउछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा