प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । बैठकमा आजै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कोशी, बागमती […]

रानी आँखा अस्पतालले गर्‍यो माेरङ कारागारका ३०० कैदीबन्दीको आँखा परीक्षण

विराटनगर । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालले एक दिने निःशुल्क शिविरको आयोजना गर्दै जिल्ला कारागार मोरङका कैदी बन्दीको आँखाको परीक्षण गरेको छ । बुधबार बिहान १० बजेदेखि ४ बजे सम्म कारागार परिसरमा निःशुल्क शिविर सञ्चालन गर्दै ३०० जना कैदी बन्दीको आँखाको परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् । उनका अनुसार परीक्षण […]

मदन भण्डारीको मृत्यु प्रकरणसमेत छानबिन गर्न कुलमान घिसिङको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै मदन भण्डारीको मृत्यु प्रकरणको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले राजनीतिक रूपमा संवेदनशील घटनाहरूको सत्यतथ्य सार्वजनिक गर्न राज्यले गम्भीर पहल गर्नुपर्ने धारणा राखे। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै घिसिङले […]

प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याएसम्म संसद् अघि नबढ्ने एमालेको चेतावनी

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधि सभामा देखिएको अवरोधको मूल कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको दाबी गर्दै त्यस विषय समाधान नभएसम्म संसद् कार्यवाही अघि बढ्न नसक्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएन भने सदन सामान्य प्रक्रियामा फर्कन नसक्ने स्पष्ट गरे। उनका अनुसार […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार […]

अर्थ समितिको बैठक बस्दै, बैठकमा मन्त्री वाग्ले सहभागी हुने

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज अर्थ समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान ८ बजे समितिको सिंहदरबारस्थित सभाकक्षमा बस्दै छ । उक्त बैठकमा मन्त्री अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुने मन्त्रीको सचिवालयले जनाएको छ । समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको अनुमान (बजेट) का मुख्य–मुख्य व्यवस्थाका सम्बन्धमा मन्त्री वाग्लेसँग छलफल […]

लेबनानमाथि इजरायलको आक्रमण जारी, पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु

एजेन्सी । इरान समर्थित हिजबुल्लाह विरुद्ध इजरायलले लेबनानमाथि निरन्तर आक्रमण जारी राखेको छ। दुवै देशले एक–अर्कामाथि हमला रोक्ने बताएको भोलिपल्ट नै इजरायलले यो कदम चालेको हो। लेबननको स्वास्थ्य मन्त्रालयले मंगलबार देशको दक्षिणी क्षेत्रस्थित टायर सहरमा इजरायली सेनाले हमला गर्दा २९ जनाको मृत्यु भएको बताएको छ। यस्तै हेजबुल्लाहले सोमबार राति अगाडि बढिरहेको इजरायली सेनाविरुद्ध रकेट प्रहार […]

कस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ […]

कंगोमा इबोलाबाट १०० जनाको मृत्यु

एजेन्सी । पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो तथ्यांकले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशंका गरिएको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि भएका छन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं