काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा उनले कर छलीका विषयमा अर्थमन्त्रीले झुट बोलेको जिकिर गरेका हुन् । “भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । हामीले संसदीय छानबिन माग […]
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले यही जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सदनमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय मागेर उनले सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् । “प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा […]
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ हजार एक सय रुपैयाँले घटेर २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा २ लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ […]
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयको काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्। पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक संरचना निर्माणको प्रक्रिया अघि बढाइएको बताएका हुन्। “विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ। यो मन्त्रालय चलाउन अरू मन्त्रालयजस्तो सबै […]
ताप्लेजुङ । जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो । महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले अलैँची खेतीको प्रवर्द्धन, उत्पादन […]
काठमाडौं । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका-७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग, बीओपी नोचा र तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति ९२२ केजी गाँजासहित एउटा पिकअप गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार लक्ष्मनियाबाट सीमावर्ती क्षेत्र तारीगामातर्फ जाँदै गरेको को १ […]
सुनसरी । सिटी सफारी सञ्चालनलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन सुनसरीमा सुरक्षित सिटी सफारी चालक अभियान सुरु गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बुधबार क्युआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले इटहरीमा आयोजित कार्यक्रममा […]
काठमाडौं । विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा आजदेखि आयोजना हुन लागेको हो । विश्वकप आजमा मेक्सिको सिटीमा उद्घाटन हुनेछ । प्रतियोगिताको पहिलो खेल आज राति सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ । उद्घाटन खेल अघि संगीत र मनोरञ्जन जगतका धेरै […]
काठमाडौं । हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले […]
काठमाडौं । दुई महिनाको अस्थायी युद्धविरामपछि पछिल्लो घटनाक्रमहरूले मध्यपूर्वमा फेरि तनाव बढाएको छ । अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले बुधबार राति राजधानी तेहरानसहित धेरै इरानी शहरहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानी विभिन्न शहरहरूमा ठूला विस्फोटहरू पनि सुनिएका छन् । यसले दुई देशबीचको तनावलाई अझ बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । […]