सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

काठमाडाैं । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ । सङ्घले […]

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको […]

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र […]

एसईई परीक्षा आजदेखि, पाँच लाख १४०७१ विद्यार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको […]

एसईई परीक्षा मुलुकले राम्रो जनशक्ति उत्पादन गर्ने ढोका हो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालको शिक्षा प्रणाली सुधार गर्नु राष्ट्रिय चुनौती भएको बताएका छन् । आजबाट सुरु एसईई परीक्षामा सहभागी विद्यार्थीलाई सफलताको शुभकामना व्यक्त गर्दै भट्टराईले देशमा राम्रो जनशक्ति उत्पादन गर्ने मुख्य ढोका नै एसईई भएकाले यसलाई शैक्षिक क्षेत्रको उत्सवका रूपमा लिनुपर्ने बताए । ‘यो परीक्षा भनेको शैक्षिक क्षेत्रको […]

राजेन्द्र लिङ्देन र कमल थापाले ठुलो राजनीति गरे : दुर्गा प्रसाईं

काठमाडौं । व्यवस्था विरोधी अभियान चलाएका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको बताएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले लिङ्देन र थापाहरूले आफू नपढेको र केही नबुझ्नेजस्तो व्यवहार गरेर कहिले के समिति बनाउने त कहिले के गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । ‘हिजो […]

ताप्लेजुङमा आगोबाट बच्नलाई भागेका सुरेन्द्रकाे लडेर मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा आगोबाट बच्नलाई भागेका पुरुषको बारीको डिलबाट लडेर मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ५७ वर्षीय सुरेन्द्र तामाङको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाको छ । आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि ठूलो बलेको आगोले तामाङको खुट्टामा पोलेको थियो । प्रहरीका अनुसार आगोले खुट्टा पोलेपछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उनी […]

ताप्लेजुङमा नै करदाता सेवा कार्यालय चाहियो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा नै करदाता सेवा कार्यालय स्थापना हुनुपर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनले करदातालाई सहजताका लागि र व्यवसायीको हौसला बढाउनका लागि पनि […]

मन्त्रिपरिषद् बैठकका ११ निर्णयमा के के छन् ?

काठमाडौं । सरकारले विश्व बैङ्कमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यस्ता छन् बैठकले गरेका योसहित ११ निर्णय : –नेपालको संविधानको धारा ५३ एवं […]

ट्रकबाट बरामद २५ करोड माओवादीको भएको दुर्गा प्रसाईको दावी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको टोखाबाट ट्रकमा बरामद २५ करोड बढी विदेशी मुद्रा माओवादीको भएको दावी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले उक्त रकममा माओवादी जोडिएको आरोप लगाएका ह्न । उक्त रकम माओवादी निकट तिब्बतीको भएको उनको भनाइ छ । ठुला नेताको संलग्नतामा दिनहुँ यसैगरी रकम तस्करी भइरहेको उनले बताएका छन् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा