काठमाडौं । राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन् । उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । ‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले […]
काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मदन भण्डारी सडक मार्ग (वसन्तपूर–गुफा–ढुंगेसाँघु–दोभान)को स्तरोन्नतिका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर भट्टराईले यो सडक खण्ड ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाबाट धनकुटा, धरान, इटहरी र विराटनगरसम्म आवत–जावतका लागि सहज र भरपर्दो […]
फुङलिङ । पाथीभरा क्षेत्रमा पाथीभरा क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तीव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले शौचालय व्यवस्थापन एवं निर्माणलाई गति दिएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मको पदमार्गको विभिन्न ४ ठाउँमा शौचालय निर्माण गरिएको छ । करिब ८४ लाखको […]
काठमाडौं । आज पनि पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन् । उनी ३ बजे काठमाडौं ओर्लने बताइएको छ । उनी समिट एअरको विमान चार्टर्ड गरेर काठमाडौं आउन लागेका हुन् । उनलाई राजावादीहरू विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन् । जसले गर्दा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अहिले कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी […]
विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आएको छ । उक्त मत परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले पराजित गरेको छ । ढकाल पक्षबाट उम्मेदवार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले भने औपचारिक परिणाम घोषणा गरेको छैन । […]
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले फागुन २४ गते शनिबार नेपालकै ठूलो १३औं ताप्लेजुङ वनभोजको आयोजना गर्ने भएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । यसपटक काठमाडौंको जहरसिंह पौवा, टावरडाँडामा वनभोजको आयोजना गर्न लागिएको छ । ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र […]
काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार बिहानै खानेपानी वितरणको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । पाइप फुटेर थापाथली क्षेत्र जलमग्न भएपछि सो क्षेत्रको पानी वितरण बन्द गरिएको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले जानकारी दिएको छ । यसअघि बबरमहलमा पनि मेलम्चीको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएकव थियो […]