बिराटनगर। आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन धादिङ जिल्लामा नेपाली सेना परिचालन गरिएको छ। जिल्लाका विभिन्न संवेदनशील क्षेत्रलाई लक्षित गर्दै सेनाले ५ स्थानमा सुरक्षा बेस स्थापना गरेको छ भने जिल्ला कारागारमा समेत विशेष सुरक्षा ड्युटी लिएको छ। जिल्लामा रहेका कुल ११४ मतदान स्थलमध्ये १०८ वटा अति संवेदनशील र ६ वटा संवेदनशील मतदान […]
विराटनगर। QIP (Quick Impact Project) अन्तर्गत गजुरी–१ स्थित मूल पधेरोमा १५ हजार लिटर क्षमताको खानेपानी ट्यांकीको शिलान्यास कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको शिलान्यास मंगलबार प्रमुख अतिथि उपरथी विष्णु कुमार खड्काले गरेका हुन्। शिलान्यास कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल, तारानाथ भण्डारी, गोबिन्द लामिछाने, पूर्व अध्यक्ष हरि डल्लाकोटी […]
विराटनगर । रास्वपाका वरिष्ठ नेता बालेनद्र (बालेन ) शाह आज बिहान विराटनगर आएका छन्। चुनावी अभियान हिँडेका उनी ‘घन्टी’ मात्रै बजाएर सुनसरीतर्फ लागेका हुन्। उनको उपस्थितिले बिहानैदेखि स्थानीयमा चासो देखिएको थियो। समर्थकहरूको भीड र सुरक्षाकर्मीको घेराबीच उनी अगाडि बढेका देखिन्थे। भ्रमणलाई चुनावी अभियानसँग जोडेर हेरिएको छ। स्थानीय तहमा भने उनको शैलीलाई लिएर मिश्रित प्रतिक्रिया सुनिएको […]
विराटनगर । नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी निर्वाचनमा एमालेले स्पष्ट एकल बहुमत ल्याउने दाबी गरेका छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शक्तिहरूको उदयलाई ‘अस्थायी लहर’ र ‘खहरेको बाढी’सँग तुलना गर्दै स्थापित दलको आधार बलियो रहेको बताए। ढकालले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई झापा–५ मा केपी शर्मा ओलीसँग चुनाव लडाउन खोजिएको विषयलाई लक्षित गर्दै […]
काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोलाको किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार हिजो (माघ १९ गते) साँझ करिब ५ः३० बजे उक्त स्थानमा चितुवा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक दिननाथप्रसाद यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । घटनास्थलमा मार्गिन सामुदायिक वन उपभोक्ता […]
विराटनगर । मोरङको रंगेलीमा मुकेश कुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । ससुराली पुगेर पत्नीको हत्या गरेका मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या […]
झापा । झापाको गौरादह नगरपालिका—४ मा सोमबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो । दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु […]
बहरथवा (सर्लाही) । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता प्रदान गरेको हो । नेपाल नागरिकता ऐन, २०६३ दोस्रो संशोधन र नागरिकता नियमावली, २०६३ चौथो संशोधनका आधारमा बाबु विदेशी आमा नेपाली भएका गुप्तालाई अंगीकृत नागरिकता प्रदान […]
चितवन । नेपालमा पहिलोपटक सालक सम्मेलन हुँदैछ । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा यही माघ २६ गते सालक सम्मेलन गर्न लागिएको हो । डिभिजन वन कार्यालयको संयोजनमा माडीमा सालक सम्मेलन गर्न लागिएको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार बागमती प्रदेशभित्रका डिभिजन वन कार्यालयका प्रमुख, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय […]
मोरङ । विराटनगर आउने जो–कोहीको मनमा एउटा जिज्ञासा उब्जिन्छ, ‘यहाँ पनि लिम्बूहरू छन् ?’ उत्तर खोज्न धेरै टाढा जानु पर्दैन। चासोक तङ्नामको समय संगठित रूपमा मनाइँदै गरेको पर्व, च्याब्रुङको तालमा गुन्जिएको वातावरण, र केलाङ नाच्दै गरेका युवाहरू देख्नेबित्तिकै उत्तर आफैँ प्रस्ट हुन्छ। आफ्नो थातथलो छोडेर विराटनगर महानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका लिम्बू समुदाय यहाँ आफ्नो […]