आइतबारबाट प्रदेश १ मा अनिश्चितकालिन सार्वजनिक यातायात बन्द

विराटनगर । यातायात व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका छन् । प्रदेश सरकारले राहत नदिएको विरोधमा व्यावसायीले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको घोषणा गरेका हुन । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले सरकारले आफ्ना माग सम्बोधनका लागि पटक पटक आग्रह गरेपनि अटेर गरेका कारण बन्द गर्ने निर्णय भएको महासचिव रमेश खत्रीले जानकारी दिए […]

प्रदेश १ मा कोरोना : ताप्लेजुङ फुङ्लिङका १ सहित २४ घण्टामा ३ सय १५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा विगत २४ घण्टामा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएकाहरुमा मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ जना र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । […]

नेकपा पार्टी फुट्दैन : मन्त्री योगेश भट्टराई

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले नेकपा पार्टी नफुट्ने दाबी गरेका छन् । शुक्रबार विहान सोलुखुम्बु विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी फुट्नलाई जुटेको होईन,’ मन्त्री भट्टराईले भने ‘ठुलो पार्टी एक भएको र देशको सम्पुर्ण जिम्मेवारी पनी पार्टीकै काँधमा रहेकाले केही मत भिन्नता भए पनि […]

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाप्रमुखको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्रीसँग भेटेका हुन् । प्रधानमन्त्रीसँगको भेट अर्थपूर्ण हुने बताइएको छ । नेपालसँगको सम्बन्ध सुधारका लागि भारतीय संस्थापनले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ । सम्बन्ध […]

धनकुटाकी एक सहित विराटनगरमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

विराटनगर । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई महिलाको शुक्रबार बिहान मृत्यु भएको छ। धनकुटाकी ३२ वर्षीया र विराटनगरकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो। धनकुटा–४ की महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा बिहान ८ः१५ बजेतिर मृत्यु भएको छ। उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ […]

मंसिरबाट सबै पर्यटकीय गतिविधी खुल्ला हुन्छ : मन्त्री भट्टराई

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले मंसिर महिना देखि सबै पर्यटकीय गतिविधी खुल्ला गर्ने बताएका छन् । शुक्रबार विहान सोलुखुम्बुको विमानस्थल निरिक्षण पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले आगामी मंसिर नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड लागु गर्दै पर्यटकीय गतिविधी खुल्ला गर्ने बताएका हुन् । यसको पहिलो सुरुवाती आन्तरिक पर्यटनको प्रवर्दन […]

झापामा कोरोना : ५८ जनाले गुमाए ज्यान

झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले […]

मन्त्री भट्टराईले गरे सुकेटार विमानस्थलको निरीक्षण, चाँडो काम सक्न निर्देशन (फोटो फिचर)

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले सुकेटार विमानस्थलमा उत्रनसाथ विमानस्थल स्तरोन्नतीको निरिक्षण गरेका छन् । शुक्रबार ८ दिने जिल्ला भ्रमणको क्रममा गृह जिल्ला ताप्लेजुङ पुगेका मन्त्री भट्टराईले सुकेटार विमानस्थल स्तरोन्नतीको निरीक्षण गर्दै चाँडो काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । सुकेटार विमानस्थलको टर्मिनल भवनमा रंङरोगन गर्ने, ग्याबिङ गर्ने, धावन मार्गको […]

मन्त्री योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङमा, आज दुई कार्यक्रममा सहभागी हुने

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराई ८ दिने भ्रमणका लागी गृह जिल्ला ताप्लेजुङ पुगेका छन् । शुक्रबार विहान हवाईमार्ग हुँदै मन्त्री भट्टराई ताप्लेजुङ पुगेका हुन् । जिल्लाको बिभिन्न तहमा कार्तिक २१ गतेदेखि २८ गतेसम्म राखिएको अन्तरक्रिया र छलफलमा सहभागी हुन मन्त्री भट्टराई सहित सचिवालयको टोली ताप्लेजुङ पुगेको हो । मन्त्री भट्टराईका […]

२ गैंडाको विषयमा प्रदेश १ सरकार र विभागको विवाद

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षबाट सौराहा स्थानान्तरण गरिएका हात्ती र अर्नाको सट्टामा प्रदेश १ सरकारले दुई वटा गैंडा माग्दा समेत चितवन राष्ट्रिय निकुञ्जले दिन आनाकानी गरेको छ । प्रदेश १ सरकारले बारम्बार ताकेता गर्दा समेत हात्ती र अर्नाको साटो गैंडा वा लगेको हात्ती पनि नफर्काएको आरोप प्रदेश सरकारको छ । अर्ना र चराचुरुङ्गीहरुका कारण […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा