गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४:०० बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति […]
काठमाडौं । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँ ठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब बिस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि नचढेकामा अब फेरि तापक्रम बिस्तारै उकालो लाग्ने भएको छ । आजबाटै वर्षा कम भएकाले तराईका केही […]
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा देखिएका जटिलता समाधान गर्न प्रयास गरे पनि विपक्षी दलबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सोमबार विपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नै आसनबाट प्रतिक्रिया जनाएका थिए। सभामुखले पटक-पटक संवादका लागि आग्रह गर्दा पनि विपक्षी पक्षबाट […]
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘भिजिट भिसा’ प्रणालीको दुरुपयोग रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भिजिट भिसासम्बन्धी प्रक्रिया र त्यसमा देखिएका चुनौतीबारे सरकारको धारणा प्रस्तुत गरेका हुन्। उनका अनुसार भिजिट भिसामा विदेश पुगेपछि रोजगारीका […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ। आइतबार प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारततर्फको केही भूभागमा सीमा सम्बन्धी विवाद रहेको आफूले हालै जानकारी पाएको टिप्पणी गरेका थिए। सोही अभिव्यक्तिलाई लिएर काँग्रेसले गम्भीर प्रश्न उठाएको हो। काँग्रेसकी सचेतक वासना थापाले […]
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा बैठक सञ्चालनका क्रममा सभामुखले प्रयोग गरेको भनिएको अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको छ। प्रतिनिधि सभा नियमावलीको नियम ५६ सम्बन्धी व्यवस्था गलत रूपमा व्याख्या गरिएको भन्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग अघि सारेका हुन्। उनका अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि प्रश्न तीन दिनअघि नै बुझाउनुपर्ने प्रावधान छैन […]
काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी-किमाथांक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा, माटो तथा गेग्रान खसेपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प भएको हो । पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेसँगै उक्त […]
काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाहिरिएपछि सदनमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ। बैठकमा उनले विभिन्न दलका प्रतिनिधिमध्ये प्रत्येक दलबाट एक-एक जना सांसदका जिज्ञासाको जवाफ दिएका थिए। त्यसपछि प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिए लगत्तै सांसदहरूबीच पुनः वादविवाद सुरु भएको हो। प्रधानमन्त्री बाहिरिएपछि ऐन महर लगायत केही सांसदहरूले […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले काठमाडौँ उपत्यकामा रहेका सुकुम्वासीको दीर्घकालीन व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै समस्या समाधान चरणबद्ध रूपमा अघि बढाइने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले तत्कालै सबै समस्या समाधान हुने अपेक्षा यथार्थपरक नहुने भन्दै दीर्घ समयदेखि जटिल बनेको विषयलाई योजनाबद्ध रूपमा सम्बोधन गर्नुपर्ने धारणा […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले देशलाई तत्काल पूर्ण रूपमा विद्युतीय ऊर्जामा आधारित प्रणालीमा रूपान्तरण गर्न व्यवहारिक रूपमा कठिन हुने बताएका छन्। उनले घरायसी रूपमा विद्युतीय चुल्होको व्यापक प्रयोग सुरु भए विद्युत् पूर्वाधारले ठूलो दबाब बेहोर्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन्। आइतबार सार्वजनिक अभिव्यक्तिमा प्रधानमन्त्री शाहले अहिलेको अवस्थामा देशको विद्युत् प्रणालीले ठूलो मात्रामा माग धान्न […]