काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लिपुलेक-लिम्पियाधुरा सीमासम्बन्धी विवादमा नेपाल सरकारले विभिन्न देशसँग कूटनीतिक संवाद अघि बढाइरहेको बताएका छन्। यसक्रममा इंग्ल्यान्डसँग पनि विषय उठान गरिएको उनले स्पष्ट पारे। आइतबार संसदमा एमाले सांसद पद्मा अर्यालले भारत र चीनबीच हालै भएको समझदारीबारे सरकारको धारणा मागेपछि प्रधानमन्त्री शाहले सरकारको आधिकारिक धारणा प्रस्तुत गरेका हुन्। उनका अनुसार लिपुलेक-लिम्पियाधुरा क्षेत्रसम्बन्धी […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया […]
विराटनगर । कोशी प्रदेशस्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मोरङबाट ९४ खेलाडीसहित १०६ जनाको टोली छनोट भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङले शुक्रबार र शनिबार आयोजना गरेको छनोट प्रतियोगिताबाट प्रदेशस्तरमा जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीहरूको टुंगो लागेको हो । जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङका अनुसार छनोट टोलीमा ९४ […]
झापा । झापाको दमकमा बोराभित्र एक महिलाको शङ्कास्पद शव फेला परेको छ । दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि बगिरहेको पानीमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान अन्दाजी ११: ०० बजेको समयमा स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको शव […]
काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँ ठाउँमा भारी वर्षा भइरहेको छ । देशभर नै बदली भएकाले तापक्रम आज उल्लेख्य रूपमा घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पर्सा जिल्लाको ठोरीमा १९१.२ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा नजिक हो । अन्य केही जिल्लामा […]
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीले सौन्दर्यकर्मीहरूका लागि एकदिने विशेष प्रशिक्षण आयोजना गरेको छ । शनिबार आयोजित कार्यक्रममा विराटनगर र आसपासका जिल्लाका १०० भन्दा बढी सौन्दर्यकर्मीलाई आधुनिक मेकअप र हेयर स्टाइलसम्बन्धी सीप सिकाइएको हो । प्रशिक्षणमा विशेषगरी ‘वाटरप्रुफ’ र ‘ड्रगप्रुफ’ स्मजप्रुफ मोडल मेकअपका साथै ‘हलिउड वेभ्स’ हेयर स्टाइलका प्राविधिक पक्षबारे जानकारी […]
सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा ४ लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट ढुंगा, माटो र काठले […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको छ । महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन् । विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। नियमनका […]
काठमाडाैं । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर रुपन्देही ल्याइएको छ । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको हो । आठ वटा बसमार्फत उनीहरूलाई शनिबार बिहान बेलहिया नाका हुँदै रुपन्देही पुर्याइएको छ । उनीहरूको अहिले व्यक्तिगत विवरण र पहिचान संकलनको काम […]