काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर अघि नबढ्न चेतावनी दिएका छन् । काठमाडौँमा आजबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले राणा शासन र पञ्चायती व्यवस्थाको आयु सकिएको बताउँदै उत्ताउलोपन लामो समय नटिक्ने बताए । सरकार अराजक शैलीमा प्रस्तुत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले यो तमासा […]
धनुषा । दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले जनजीवनमा नकारात्मक प्रभाव बढ्न गइ ‘लु’ को महामारी फैलिन सक्ने जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ । ‘लु’ का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, […]
धादिङ । धादिङको खानीपँधेरा उप्रेती गाउँमा वर्षौंदेखि रहँदै आएको खानेपानी समस्या समाधानतर्फ महत्वपूर्ण पहल भएको छ । गाउँमा १५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी तथा धारा निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले स्वच्छ र शुद्ध खानेपानीको सहज पहुँच पाउने अपेक्षा गरेका छन् । पहाडी भूगोलका कारण खानेपानीको स्रोत सीमित हुँदा स्थानीयवासी दैनिक पानीको जोहो गर्न लामो […]
काठमाडौं । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो । आज एक तोला चाँदी रु पाँच हजार ३७० […]
काठमाडौं । नयाँ दिल्लीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भारत भ्रमणको क्रममा दिल्ली रहेका लामिछानेले आज मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताको समय भने खुलाइएको छैन । सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा अध्यक्ष नितिन नवीनसहित शीर्ष […]
एपी । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको उक्त आक्रमणले राजधानी किएभ सहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो जनधनको क्षति पुर्याएको छ । युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जनाको […]
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्ति बारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा […]
काठमाडौं । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, सुरक्षा, वातावरणीय तथा संस्थागत संरचनासम्बन्धी चार वटा निर्णयहरू गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम अन्तर्गत ओजन तहलाई क्षति पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरणसँग सम्बन्धित मन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौतालाई स्वीकृति प्रदान गरेको छ। यस निर्णयले ओजन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। […]
काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन्। उनका अनुसार, बैठक भोलि १२:१५ बजे बजेसम्मका लागि स्थगित गरिएको हो ।
काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ परेका छन् । पर्साको ठोरीबाट उनलाई पक्राउ गरिएको हो । “मेयर राजेशमान सिंहलाई हामीले आज पक्राउ गरेका छौँ,” जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले बाह्रखरीसँग भने, “आज बिहान ६ः१५ बजे ठोरीबाट हामीले उहाँलाई पक्राउ गरेका हौँ ।” सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी […]