
काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा रहेको ‘नो केबलकार समूह’ लाई सरकारले वार्ताका लागि बोलाएको छ। गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले सोमबार सूचना जारी गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन अनुरोध गरेको हो। ‘सामाजिक, धार्मिक, सांस्कृतिक र स्थानीय समुदायका समस्या समाधान गर्न केबलकार निर्माण हाललाई स्थगित गरी शान्तिपूर्ण वार्ताको पहल गर्न आग्रह गर्छु,’ […]
काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । (आज) सोमबार बिहान बिहान ९ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । ९ बजेर ११ मिनेटमा मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको […]
ताप्लेजुङ । केबलकार निर्माणसम्बन्धी विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हिजो देखि लगाएको निषेधाज्ञा यथावत रहेको छ । प्रहरी र आन्दोलनकारीबीच पटक/पटक झडप भएपछि जिल्ला प्रशासन कार्यलयले हिजो बिहान ५ बजेदेखि अनिश्चितकालका लागि सदरमुकाम फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको हो । निषेधाज्ञा अन्तर्गत सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा जुलुस र […]
काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र […]
बागलुङ । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यस क्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए […]
ताप्लेजुङ । प्रहरीसँगको झडपपछि शनिबार राती फुङलिङबाट पक्राउ परेका ‘नो केवलकार’ समूहका १५ जनालाई आइतबार ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । हुलदंगा र अपराधिक उपद्रव कसुरमा ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । मुलुकी अपराध संहिता […]
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारका नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताएका छन् । आइतबार सदनमा बोल्दै उनले यसको विवादबारे संसद्बाट ध्यानाकर्षण गराएका हुन् । ‘ताप्लेजुङमा कुबलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद […]
ताप्लेजुङ । सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जना घाइते भएका छन् । प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । घाइते भएका ४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार देखि काफ्लेपाटीसहित बलुडाँडा सम्म निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ । केबलकार सम्बन्धी विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेधाज्ञा लगाएको हो । गएराती सार्वजनिक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि रहने बताए । यो समयमा पाँच जनाभन्दा बढी भेला […]
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार साँझ प्रहरी र ‘नो केबलकार’ समुहबीचमा झडप भएको छ । पदयात्रा भन्दै पाथीभरा क्षेत्रमा पुगेको उक्त समूहले शनिबार सदरमुकाममा राँके जुलुससहित प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको हो । उक्त समूहले प्रहरीलाई लाठी र आगो नै प्रहार गरेका थिए । झडप सदरमुकामको विरेन्द्र चोकमा भएको हो । उक्त समूहमा जिल्लाका […]