काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधरणतया बदली भएको छ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुँदे सहमति भएको बताएका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुँदे सहमति भएको गृहमन्त्रीले बताए । […]
विराटनगर । नेपाली काँग्रेसका नेता अभिषेक गिरीविरुद्ध २१ करोड रुपैयाँभन्दा बढी रकमको ठगीसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले गिरीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँदै अभियोग पत्र दायर गरेको हो । अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार गिरीविरुद्ध २१ करोड ३२ […]
विराटनगर । मधेश क्षेत्रमा पछिल्लो समय देखिएको सुरक्षा चुनौतीको समग्र मुल्यांकन गर्दै नेपाल प्रहरीले वरिष्ठ तहका १५ अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयले एआईजी, डीआईजी र एसएसपी तहका अधिकृतलाई प्रदेश तथा जिल्ला तहमा समन्वय र सुरक्षा व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार […]
विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही रु दुई लाख उपलब्ध गराउने निर्णय भएको छ । साथै, घाइते तथा घर, पसललगायतमा आगजनीबाट पीडित परिवारलाई रु ५० हजार प्रदान गरिने […]
झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो । मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष […]
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर रु दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
विराटनगर । कुबेतस्थित नेपाली दूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमणमा सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ । कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । उनको मृत्युबारे बिहीबार नै सञ्चार माध्यमहरुमा आइसकेको थियो । राजदूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने लगायतका आवश्यक […]
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ । प्रदेशको समसामयिक विषय र आगामी नीतिहरूका बारेमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ। प्रदेश प्रमुखसँगको भेटघाटमा प्रदेशमा सामाजिक सद्भाव, सदियौदेखिको एकता र धार्मिक सहिष्णुतालाई कायम राख्दै प्रदेशलाई सहज ढङ्गले अगाडि बढाउने लगायतका विषयमा पनि छलफल भएको छ। […]