प्रदेश १ मा कोरोना : १ सय ६६ संक्रमित थपिए, ताप्लेजुङबाट ३ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् […]

प्रदेश १ का छुट्टा छुटै स्थानमा दुई जनाको डुबेर मृत्यु

विराटनगर । प्रदेश १ का दुई फरक स्थानमा भएको घटनामा दुई जनाको मृत्यू भएको छ । संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको हो । इस्तै मोरङ जहदा […]

करेन्ट लागेर सोलुखुम्बुका वडाध्यक्षको मृत्यु

विराटनगर । सोलुखुम्बुका एक गाउँपालिकाका वाडाध्यक्षको करेन्ट लागेर मृत्यू भएको छ । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका ५ का वडाध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । मंगलबार बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट […]

हिँड्दाहिँड्दै बेहोस विराटनगरका डाक्टरलाई कोरोना पुष्टि, उपचार भारतमा गरिने

विराटनगर । विराटनगरका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई तत्काल उपचारका लागि कोशी अस्पतालको इमरजेन्सी हुँदै आईसीयूमा भर्ना गरिएको थियो । आइसियूमा राखेर उपचार गर्ने क्रममा आइतबार उनलाई […]

नेकपा सचिवालय बैठक बस्दै, मन्त्रिपरिषद पुनर्गठनको एजेण्डा छैन

काठमाडौं । नेकपाको सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ । साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको स्रोतले बतायो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा […]

भारतमा कोरोना : थप ७४ हजार जनालाई संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार […]

इलाममा सामूहिक बलात्कारका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ […]

६ महिना पछि ६ यात्रु लिए सुकेटार विमानस्थलमा अवतरण भयो जहाज

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब ६ महिना पछि ६ जना यात्रु लिएर सीता एयरको जहाज सोमबार अवतरण भएको छ । आन्तरिक उडान नियमित भए संगै ताप्लेजुङको सुकेटार बिमानस्थलमा सोमबारदेखि हवाई उडान सुरु भएको हो । आन्तरिक उडान सुरु भएसँगै सोमबार पहिलो पटक सीता एयरले काठमाडौबाट सोमबार ६ जना यात्रु लिएर लिएर सुकेटार विमानस्थल पुगेको […]

६ महिना बन्द भएको आन्तरिक उडान शुरु, मन्त्री भट्टराईले गरे विमानस्थलको निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबारदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्ड लगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका हुन् । पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकन गरेका थिए […]

प्रदेश १ मा २४ घण्टामा ३ संक्रमितको मृत्यु, १ सय १९ नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सोमबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा