काठमाडौंमा बिहान पसल खुल्न पाउने, प्रशासनले जारी गर्‍यो नयाँ सूचना

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म पसल खुल्न पाउने लगायतका नियमसहितकाे नयाँ सूचना जारी गरेकाे छ। साे सूचनाअनुसार जिल्लाभर अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने बताएको छ। ‘अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, […]

प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने

विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाडौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय […]

कोरोना देखिएपछि बिर्तामोडको रत्न सुपर मार्केट शिल

झापा । झापाको विर्तामोड –५ को दुई परिवारमा कोरोना पुष्टि भएपछि विर्तामोड नगरपालिकाले रत्न सुपर मार्केट शिल गरिएको छ । समुदाय मै कोरोना देखिएपछि नगरले ट्रेसिङका लागि रत्न सुपर मार्केट शिल गरेको नगरपालिकाले जनाएको छ । संक्रमीत परिवार सुपर मार्केटको व्यापारी रहेको जनाइएको छ ।

स्तनबाट दूध बग्ने समस्या के हो ?

ल्याटिन भाषामा ‘ग्यालाक्टो’को अर्थ ‘दूध’ भन्ने बुझिन्छ। मेडिकल शब्दावलीमा पछिल्तिर ‘रिया’प्रत्यय थप्नुको अर्थ असामान्य वृद्धि भन्ने बुझिन्छ। जस्तैः झाडा लाग्ने अवस्थालाई डाइरिया, पीप बढी बग्ने अवस्थालाई पाइरिया, रुघा लागेको बखत अधिक पातलो सिँगान बग्ने अवस्थालाई राइनोरिया आदि।स्तनबाट असामान्य तवरमा दूध बढी बग्ने अवस्थालाई ग्यालाक्टोरिया भनिन्छ। यस्तो असामान्य प्रकारको दूध कञ्चन हुनुका साथै पहेँलो, सेतो वा […]

प्रदेश १ मा कोरोना : विराटनगरमा ४२ सहित ७० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र […]

प्रदेश राजधानीमै बढी संक्रमण, कहाँ चुके तीन तह ?

विराटनगर । संघीय सरकारले चैत ११ देखि साउन ७ सम्म गरेको लकडाउनमा विराटनगरमा ३३ जना मात्रै कोरोना संक्रमित थिए। लकडाउन खुलेसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो। विराटनगर अहिले प्रदेश १ मा सबैभन्दा बढी संक्रमित भएको सहर बनेको छ। संक्रमित बढेपछि महानगरले लकडाउन घोषणा गर्‍यो तर प्रहरी प्रशासनले साथ नदिँदा लकडाउन प्रभावकारी बनेन। मुख्य सडक र बजारका […]

लिपुलेकनजिकै क्षेप्यास्त्र तैनाथ गर्ने चीनको तयारी, भारतलाई झड्का

लिपुलेक, (एजेन्सी) । दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मुठभेडको स्थितिमा रहेको चीन र भारतबीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सामा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ । लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले […]

कक्षा १२ को परीक्षाबारे ५ मोडालिटीमा छलफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो । पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो । बोर्डले अघि सारेको मोडालिटीमा तयारी […]

अमेरिकामा डेंगु र जीकासँग लड्न करोडौं लामखुट्टे छोडिने !

मायामी, (एजेन्सी)। अमेरिकाको फ्लोरिडा राज्यमा लामखुट्टेको संख्या कम गर्न स्थानीय अधिकारीहरूले आनुवांशिक रूपमा परिवर्तित ७५ करोड लामखुट्टे पर्यावरणमा छोड्ने फैसला गरेका छन्। यसको उद्देश्य डेंगु र जीका भाइरसजस्ता रोग फैलाउने लामखुट्टेको संख्यामा गिरावट ल्याउनु हो। उक्त योजनालाई अनुमति दिनुअघि यस मुद्दामा पर्याप्त बहस भइसकेको छ। किनभने, पर्यावरण संगठनले यसलाई लिएर गलत नतिजा आउने चेतावनी दिएको […]

नेपाल फर्कन नपाएका २ सय ६६ जना आइतबार बेलुका आउँदै

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिसिएमसीको निर्णयका कारण मंगलबार नेपाल आउनबाट वन्चित २ सय ६६ नेपाली आज स्वदेश आउने भएका छन। गत सोमबार बेलुका सरोकारवाला निकायसँग सहकार्य नगरी पाँचौ तहको् उद्धार उडान रद्द गर्ने सिसिएमसीकाे निर्णयका कारण विमानस्थल पुगिसकेको अवस्थामा २ बच्चासहित २ सय ६६ जना दुबई विमानस्थलमै रोकिएका थिए। उनीहरुलाई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा