दुई दिन ठप्प भएको काठमाडौंमा आज बिहान किन बढ्यो चहलपहल ?

काठमाडौं । लगातार दुई दिन मानिसहरुको चहलपहल ठप्प भएको काठमाडौंमा आज बिहानको दृष्य भने फरक देखिएको छ। निषेधाज्ञा जारी भएसँगै सुरु भएको तीज र शनिवारको विदाका कारण बिहानैदेखि ठप्प थियो काठमाडौं। तर, आज आइतवार भने मानिसहरुको बाक्लै चहलपहल देखिएको छ। दुई दिनसम्म बन्द रहेका पसलहरु आज बिहान खुलेको देखियो भने सडकमा मानिसहरुको गतिविधि पनि बाक्लिएको […]

डब्ल्यूएचओले जारी गर्‍याे मास्क लगाउनेबारे नयाँ नियम, कसले कस्तो लगाउने ?

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेकाे छ। १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएकाे हाे। डब्ल्यूएचओका अनुसार ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क […]

उपचारका लागि अस्पताल दौडाउँदा दौडाउँदै वडाध्यक्षको बाटैमा मृत्यु

सुनसरी । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो । आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो । एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र […]

पूर्वाञ्चल क्यान्सर अस्पतालले गर्यो ‘एड्ड्रोनल मास’ भएकी महिलाको सफल शल्यक्रिया

बिर्तामोड । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यानसर अस्पतालले गम्भिर रोग लागेकी एक महिलाको दुर्लभ शल्यक्रिया गरेको छ । दश लाख मानिस मध्ये एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सल्यक्रिया गर्न अस्पताल सफल भएको हो । अस्पतालका सर्जन डा. वाशुदेव बास्कोटाका अनुसार यो जटिल र दुर्लभ शल्यक्रिया हो । सफ शल्यक्रिया भएकी महिला हुन् मोरङको पथरी शनिश्चरे […]

यस्तो रिपोर्ट सहित नेकपा कार्यदलले ओली प्रचण्डलाई बुझायो प्रतिबेदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो काम सम्‍पन्‍न गरेर रिपोर्ट बुझाएको छ। शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले रिपोर्ट बुझाएको हो। रिपोर्टमा प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्‍ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ। नेकपाले पार्टीमा जारी […]

प्रदेश १ मा कोरोना : १ सय २ संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ५ सय ८९

विराटनगर । प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ३७ महिला र ६५ पुरुष छन् । संक्रमितहरुमा मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ […]

मुस्ताङमा सलह किराको मुल्य प्रति किलो सय रुपैयाँ !

जोमसोम । हिमाली जिल्ला मुस्ताङमा सलह किराले जिल्लाका विभिन्न किसानले लगाएको बर्खे अन्नबाली नष्ट गरेको छ। छिमेकी देश भारतका विभिन्न प्रान्त हुँदै नेपाल प्रवेश गरेको सलह किरा गत एक महिना अघिदेखि लाखौंको झुन्ड मुस्ताङमा फैलिएको जनाइएको छ। विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस ( कोभिड—१९)का कारण आम जनमानसमा स्वास्थ्य शन्त्राश बढिरहेको अवस्थामा मुस्ताङमा पटक-पटक […]

प्रदेश १ मा कोरोना : धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु, ज्यान गुमाउनको संख्या १५ पुग्यो

विराटनगर । सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत धरान-१५ का ६७ वर्षीय संक्रमितको मृत्यु भएको हो । उनलाई संक्रमण भएको २७ साउनमा पुष्टि भएको थियो । त्यसयता धरामा उपचाररत उनको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो । तर शनिबार दिउँसो १२ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य […]

दक्षिण कोरियाद्वारा देशव्यापी निषेधाज्ञा

सोल । दक्षिण कोरियाले कोरोना भाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको संक्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ ।स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिवारदेखि यस्ता गतिविधिहरुमा देशभरी […]

भोजपुरमा थप तीन जना प्रहरीमा कोरोना संक्रमण

भोजपुर। भोजपुरको अरूण गाउँपालिकामा रहेको होल्डिङ्ग क्षेत्रमा राखिएका तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। कोरोना पुष्टि भएकाहरूमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन्। उनीहरू तीनैजना भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका हुन्। उनीहरूलाई जिल्ला प्रवेश गर्नुपूर्व अरुण गाउँपालिका–६ जरायोटारमा रहेको होल्डिङ क्षेत्रमा राखिएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा