धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । कोरोना संक्रमित र अन्य बिरामीहरुको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठानले स्वास्थ्य सामग्रीबिना डिउटीमा खटिन बाध्य पारेको भन्दै सोमबारदेखि आन्दोलित भएका हुन्। प्रतिष्ठान भर्ना भएका बिरामीको उपचारमा खटिँदा स्वास्थ्य प्रोटोकल अनुसारका स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नर्सहरुको सुरक्षामा चासो नदेखाएका कारण बाध्य भएर […]
विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको हो। मृतक अवकाश प्राप्त शिक्षक हुन्। उपचारका लागि अस्पताल ल्याइपु¥याएको एक घण्टामै पुरुषको मृत्यु भएको जानकारी उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको नयाँ संविधान र पार्टीको संशोधित विधानअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न अलमल गर्दै आइरहेको छ । कांग्रेसले २८ मंसिरदेखि ८ पुस २०७५ सम्म राजधानीमा सम्पन्न महासमिति बैठकपछि पार्टी विधानलाई संशोधन गर्दै पार्टीका सबै तहलाई मुलुकको नयाँ संरचनाअनुसार लैजाने निर्णय गरे पनि महासमिति सकिएको २० महिना पूरा हुँदासमेत समायोजनलाई […]
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । गए राति भएको फाइनल खेलमा पशिलो पटक फाइनलमा प्रवेश गरेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै बायर्नले च्याम्पियन्स लिगको उपाधि जितेको हो । बायर्न म्युनिखसँग फाइनलमा पराजित भएपछि ब्राजिलियन खेलाडी नेयमारले आफूलाई रोक्न नसकी रुँदै यस सिजनको […]
काठमाडौँ । अमेरिकामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिइएको छ । ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)लाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिइएको बताएका जानकारी दिएका छन् । विश्वका विभिन्न देशले गम्भीर अवस्थाका संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि अपनाइरहेका बेला अमेरिकामा […]
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो […]
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए । प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही […]
ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्थित कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिले हालसम्म पौने तीन लाख रुपैयाँ बढी खर्च गरेको जनाएको छ । समितिले साउन मसान्त सम्ममा दुई लाख ८२ हजार ९१० रुपियाँ खर्च गरेको छ । समितिका सदस्य–सचिव समेत रहेका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणको क्रियाकलापमा खर्च गरेको जानकारी दिए । प्रजिअ […]
माेरङ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ अस्पतालमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइतबार बेलुका ६ बजेर ३५ मिनेटमा धरान ८ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। प्रवक्ता सापकोटाले साउन २९ गते पोजेटिभ रिपाेर्ट आएका पुरुषलाई ३० गते अस्पतालमा भर्ना […]
काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुबईबाट […]