कोरोना कहर : छोरा आइसोलेसनमा, घरमा आमाको मृत्यु

विराटनगर । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ। कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा भएको हो। कोरोना पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई भने गत मंगलबार नै उपचारका लागि विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको […]

चित्तबुझ्दो नतिजा नआएपछि विद्यार्थी आन्दोलित

काठमाडौं । नेपालका विभिन्न शैक्षिक संस्थामा ए लेभल अध्ययन गरिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन्। यी क्यामपसहरुलाई ए लेभल पढाइको मान्यता दिएको बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले नतिजा प्रकाशन गर्दा अनियमितता गरेको गुनासो गर्दै उनीहरु आन्दोलित भएका हुन्। क्याम्ब्रिजले ए लेभको नतिजा गत साता सार्वजनिक गरेको थियो। कोभिड १९ को संक्रमणका कारणले परीक्षा सञ्चालन गर्न नसकेपछि विश्वविद्यालयले विद्यार्थीको […]

कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख नाघ्यो, नेपालमा २६ हजार

काठमाडौ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख तीन सय ५९ जना पुगेको छ । आईतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ६८ हजार ६ सय तीन जना पुगेको छ भने एक करोड ४३ […]

यौनका कुरा : महिलाले कसरी चरम सुख कसरी प्राप्त गर्छन् ?

के भनिन्छ भने, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र […]

विज्ञप्तिका भरमा पार्टी चल्दैन : गोकुल बाँस्कोटा

काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता÷कार्यकर्ताको भावनासहित उहाँहरुको क्रियाशीलताले पार्टी चल्ने बताएका हुन् । “पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ”, उनले भने । […]

झुम्का कारागारका चार बन्दीमा कोरोना संक्रमण

विराटनगर । सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र जरवजस्ती करणी […]

सञ्जय दत्तकी पत्नि मान्यता भन्छिन् – ‘भगवानले हाम्रो परिक्षा लिदै छ’

काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको खबर पाए पछि उनका फ्यानहरु निकै दुखी भएका छन् । उनलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको र क्यान्सरको उपचारको लागि अमेरिका जानसक्ने भारतिय मिडियाले जनाएको छ । केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनी डिस्चार्ज भए लगत्तै यस्तो […]

दमकमा लकडाउन, राजमार्गमा सञ्चालन हुने सवारी दमकमा रोकिन नपाउने

झापा । कोरोना संक्रमित भेटिने क्रम बढेपछि झापाको दमक नगरपालिकाले लकडाउन घोषणा गरेको छ। गत चैत ११ गतेदेखि संघीय सरकारले घोषणा गरेको लकडाउन खुकुलो भएसँगै संक्रमण फैलिएकाले लकडाउन गर्ने निर्णय गरेको हो। नगरपालिकाको आकस्मिक बैठकले शनिबार रातिदेखि लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो। नगरप्रमुख रोमनाथ ओलीका अनुसार आगामी भदौ ५ गते सम्मका […]

रुसको खोप ‘बाँदरलाई पनि लगाउँदैनौ’ भन्ने अमेरिका अहिले खोपले काम गर्नेमा विश्वस्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन थालेको छ । रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन शुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तिमसम्ममा मानिसलाई लगाउन शुरु गरिने जनाइएको छ । तर कतिपय विज्ञले रुसले चाँडै […]

प्रदेश १ मा शनिबार ८६ संक्रमित थपिए, कुन जिल्लाका कती ?

विराटनगर । प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा