‘इनफ इज इनफ’ अभियन्ता र सरकारबीच वार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ नियन्त्रणमा भएका कमजोरी सच्याउने र माग पूरा गर्ने भन्दै अनशन तोड्न आह्वान गरेका छन् । उनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन पनि अनुरोध गरेका छन् । अभियानका अभियन्तासँग आइतबार सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सामग्री खरिदमा कमजोरी भएको स्विकारे । ‘अचानक लकडाउन गर्नुपर्ने अवस्था आयो । देशभर क्वारेन्टाइनजस्ता संरचना तयार […]

प्रचण्डले ओलीलाई भने ‘सचिवालय बैठकबाट विवाद सल्ट्याऔँ’

काठमाडौं । नेकपाभित्रको विवादबारे कुन कमिटीमा छलफल गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा आइतबार बिहान बालुवाटारमा भएको दुई अध्यक्षहरुबीचको छलफल निष्कर्षविहीन बनेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादको निकास सचिवालय बैठकबाट गर्नुपर्ने प्रस्ताव राखेका थिए। जवाफमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी स्थायी कमिटी बैठकबाटै विवादको समाधान खोज्नुपर्ने बताएपछि दुई अध्यक्षबीचको […]

कमल थापाले भने ‘ओली सरकारविरुद्ध आन्दोलनको तयारी गरौं’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ओली सरकार कोरोना महामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको भन्दै आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपाका जनवर्गीय संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको बताए । थापाले भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर […]

इलाम सशस्त्र प्रहरीको गणमा कोरोना, मालपोत र शिक्षा बन्द

इलाम । इलामस्थित सशस्त्र प्रहरी बल हेड क्वाटर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिँदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक […]

झापाको बिर्तामोडमा पनि अनिश्चितकालिन लकडाउन

झापा । कोरोना संक्रमण रोक्न झापाको विर्तामोड नगरपालिकाले अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी दिइन्। उनका अनुसार खाद्यान्न तथा तरकारी पसल विहान ८ बजेदेखि ११ बजेसम्म खुल्नेछन्। […]

विराटनगरमा नापीका कर्मचारीमा पनि देखियो कोरोना संक्रमण

विराटनगर । विराटनगरमा आइतबार नापी कार्यालयका दुई कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । नापी कार्यालय विराटनगरका प्रमुख गणपति साहले ३६ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए। उनका अनुसार परीक्षणका लागि सात जना कर्मचारीको स्वाब संकलन गरिएकोमा दुई जनाको नतिजा पोजिटिभ आएको हो। संक्रमण देखिएका पुरुष कार्यालयका खरिदार र सुरक्षा गार्ड हुन्। यसैबीच कोशी […]

नेपालमा कोरोनाको उपचार पहिलो पटक सुरु, प्लाज्‌मा थेरापीबाट उपचार

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्‌मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत डा। मेघनाथ धिमालले नेपालमै पहिलो पटक कोरोना निको भएका व्यक्तिको प्लाज्‌मा लिएर कोरोनाको जटिल बिरामीको उपचारका लागि प्लाज्‌मा थेरापी सुरु गरिएको जानकारी दिए । उनले,“यो विधिबाट नेपालमै पहिलोपटक उपचार सुरु भएको हो ।” प्लाज्‌मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका […]

उदयपुरको बेलकामा प्रहरी र प्रदर्शनकारीबीच झडप, १० जना बढी घाईते

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा […]

अब झाडापखाला लागेका व्यक्तिको पनि कोरोना परीक्षण हुने

काठमाडौं । सरकारले झाडापखाला लागेका व्यक्तिको पनि कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ टेस्टिङु सम्बन्धी मापदण्ड परिमार्जन गर्दै उक्त निर्णय गरेको हो। यसअघि ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या, वास्ना र स्वाद थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिको मात्र परीक्षण गर्ने भनिएको थियो। यस्तै, संक्रमण फैलिएको ठाउँबाट आएको १४ दिन भएका […]

भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट एक मन्त्रीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणका कारण क्याबिनेटमन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनलाई जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी उनको आज बिहान निधन भएको बीबीसीले जनाएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा