रुसको खोप ‘बाँदरलाई पनि लगाउँदैनौ’ भन्ने अमेरिका अहिले खोपले काम गर्नेमा विश्वस्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन थालेको छ । रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन शुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तिमसम्ममा मानिसलाई लगाउन शुरु गरिने जनाइएको छ । तर कतिपय विज्ञले रुसले चाँडै […]

प्रदेश १ मा शनिबार ८६ संक्रमित थपिए, कुन जिल्लाका कती ?

विराटनगर । प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ […]

प्रधानमन्त्री ओली र भारतीय समकक्षी माेदीबीच टेलिफाेन वार्ता, के भयो कुराकानी ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ। दुई देशका प्रधानमन्त्रीबीच टेलिफाेनमा कुराकानी भएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाले ट्विट गर्दै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच टेलिफाेन संवाद भएकाे छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ।’ यसअघि […]

‘गर्लफ्रेण्ड खोसेको’ भन्दै युवकको छुरा हानी हत्या, छुरा हान्ने पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या भएको छ । गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ […]

सिनेमा घरमा ‘रिलिज’ भयो दिल बेचारा, ‘फ्यान्स’ले यसरी दिए सुशान्तलाई श्रद्धाञ्जली

काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा भारतमा २४ जुलाईमा ओटीटी प्लेटफर्मममा रिलिज भएको थियो । फ्यान्सहरुले यो सिनेमालाई लगातार सिनेमाघरमा रिलिज गर्न माग गरिरहेका थिए । तर कोरोनाका कारण फिल्म सिनेमा घरमा रिलिज हुन पाएको थिएन । यसैबीच न्यूजील्याण्डको सिनेमाघरमा दिल बेचारा रिलिज भएको छ । न्यूजिल्याण्ड कोरोना संक्रमण […]

सर्पले टोकेको भ्रममा परेर महोत्तरीमा ८ जना बेहोस

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरटोलमा सर्पले टोकेको भ्रममा परेर ८ जना बेहोस भएका छन् । सर्पले टोकेको आशंकामा बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकोमा कसैलाई पनि विष नलागेको चिकित्सकले बताएका छन् । गएराति सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना महिला र एकजना पुरुषलाई सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको थियो । […]

वीरगन्जमा थप १ संक्रमितको मृत्यु, साउनमा मात्रै २२ जनाको मृत्यु

वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ । गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा शुक्रबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका ६० वर्षिय वृद्धको मृत्यु भएको हो । साउन २१ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएका ती वृद्धलाई ज्वरो आएपछि साउन २४ गते साँझ गण्डक स्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो […]

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ । भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक सन्देश पठाउँदै भारतीय प्रधानमन्त्री मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन्। बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना गरेका छन्। भारतले हरेक वर्ष […]

गण्डकी प्रदेशमा थप १० कोरोना संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा आज थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा १० जनामा कोरोना देखिएको हो । नयाँ संक्रमितमा तनहुँका २ जना, कास्कीका ३ जना, बाग्लुङक ३ जना, गोरखा, स्याङजा र नवलपरासी पूर्वका एक एक जना छन् । नयाँ […]

बार्सिलोनाको लज्जास्पद हार, बायर्नसँग ८-२ ले पराजित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोरेको छ। शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्नले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ को लज्जास्पद हार चखाएको हो। थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई तथा इभान पेरिसिक, सर्ज ग्रन्बी, रोबर्ट लेवान्डोस्की र जोसुआ किमिचले बायर्नका लागि एक एक गोल गरे। बार्सिलोनाको लुइस […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा