काठमाडौं । आज (सोमबार) देशभर केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। उसो त अहिले (यो खबर लेखिरहेका बेला सोमबार बिहान ६:३० बजे) पनि सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। ‘राति कतै-कतै भारी वर्षा पनि भएको छ,’ नेपालखबरसँग नगरकोटीले भनिन्, ‘त्यही वर्षा अहिले […]
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादास्पद अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्चाएको छ। भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्रीले दिएको अभिव्यक्ति सच्याएको हो। आइतबार साँझ भारतले बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने उल्लेख गरेको छ। भारतले जयशंकरको अभिव्यक्ति बौद्ध विरासतसँग सम्बन्धित भएको भन्दै विदेश मन्त्रालयले भनेको छ, ‘यसमा कुनै शंका […]
विराटनगर । प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लाका निजी होटल र निजी अस्पतालमा पनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ । प्रदेश १ मा कोरोना संक्रमित दैनिक ठुलो संख्यामा थपिन थालेपछि आईतबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को प्रादेशिक बैठकले तीन जिल्लाका एक÷एक वटा निजी होटल र अस्पताललाई […]
विराटनगर । प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले आईतबार एकैपटक पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय विराटनगरका अनुसार प्रदेश औद्योगिक ब्यवसायका सम्बन्धमा बनेको विधेयक, प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथख तत् सम्बन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेश नं १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा […]
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले गिरीलाई नियुक्ति गर्नुको कारण देखाउ आदेश जारी गरेको हो ।त्यस्तै सर्वोच्चले गिरीलाई सात दिनभित्र उपस्थित हुन पनि आदेश दिएको […]
काठमाडौं। २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाई भएको छ। कोरोना महामारी कारण राष्ट्रिय स्तरमा परीक्षा सञ्चालन गर्न नसकिएपछि सम्बन्धित विद्यालयबाटै आन्तरिक मुल्यांकन गरिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको सबै काम सकेको छ। तर, नतिजा प्रकाशनमा भने ढिलाई भएको छ। नतिजा प्रकाशनको जिम्मेवारी पाएका परीक्षा नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको सबै […]
बिर्तामोड । बिर्तामोड नगरपाकिलाले आज मध्य रातबाट लकडाउन खुला गर्ने घोषणा गरेको छ । साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णया गरेको बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए । समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्किृनिङ […]
विराटनगर । प्रदेश १ मा आइतबार ४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा सबैभन्दा बढी मोरङका छन् । मोरङमा २९, सुनसरीमा छ र झापामा पाँचजना नयाँ संक्रमित थपिएका हुन् । प्रदेश १ मा आइतबार एक हजार एक सय आठजनाको पीसीआर परीक्षण गरिएकोमा १३ महिला र २७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । […]
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ का १५ वर्षिय शुक्रबिर लिम्बु तमोर नदिमा बेपत्ता भएका छन् । शनिबार दिउँसो १२ बजे साथीहरुसँग तमोर नदिमा पौडी खेल्न गएका शुक्रबिरलाई नदिले बथाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शिवाबाट प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला […]
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित डण्डाखोलाको पुलबाट हामफालेकी एक युवतीलार्य सशस्त्र प्रहरीको टोलीले उद्धार गरी बचाएको छ । पुलबाट हामफालेकी सोहीकी २७ बर्षीया पबित्रा अधिकारीलाई सशस्त्रको टोलीले जीवितै उद्धार गरेको हो । उनले साउन २४ गते पुलबाट हाम्फालेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको […]