प्रदेश १ मा कोरोना : ४२ नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार कोरोना भाइरसका ४२ जना संक्रमित थपिएका छन्। मोरङका १६, सुनसरीका १४, झापाका नौ, खोटाङ, धनकुटा र प्रदेश १ बाहिरका एकरएक जनामा सोमबार कोरोना देखिएको हो। प्रदेश १ मा एक हजार छ सय एक जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएकोमा ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। […]

गौतम बुद्ध विमानस्थल चालु आर्थिक वर्षमै ‘अन्तर्राष्ट्रिय’ प्रमाणीकरण होला ?

काठमाडौं । सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणीकरण गर्ने भएको छ। विमानस्थल निर्माणको काम गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९१ प्रतिशत भइसकेको छ। निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सरकारले चालु आवभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थल सञ्चालनको तयारीका लागि […]

मोरङमा जिल्ला न्यायाधीशलाई संक्रमण, अदालत तीन दिन बन्द

विराटनगर । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए । यस्तै विराटनगरको नोबेल […]

भुटानी शरणार्थीको माछा मार्ने क्रममा डुबेर मृत्यु

विराटनगर । माछा मार्ने क्रममा डुबेर मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा बस्दै आएका भुटानी शरणार्थी ६३ वर्षीय डम्बरसिंह राईको मृत्यु भएको छ। पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका राई आइतबार बिहान माछा मार्न भन्दै जाल बोकेर घरबाट निस्किएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए। साँझसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए। हातमा माछा […]

सर्वाधिक हेरिने लोकदोहोरीमा ‘सालको पातको टपरी’

काठमाडौं । युट्युवमा सार्वजनिक गरिएको २३ महिनामा लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा हालसम्मकै सर्वाधिक हेरिएको छ। गीतको भिडियोलाई हालसम्म युट्युबमा छ करोड २१ लाख बढीले हेरेको छ। सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना […]

आज साउन महिनाको अन्तिम सोमबार, भगवान शिवको पूजा आराधना गरिँदै

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस वर्ष कोरोना महामारीका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड छ । अधिकांश मन्दिरहरु बन्द हुँदा श्रद्धालु भक्तजनले घर-घरमै पूजा गरी मनाउँदैछन् । आजका दिन विगतका वर्षमा […]

पत्याउनु हुन्छ ? अगस्त १२ मा रुसले कोरोना विरुद्धको औषधि लन्च गर्ने

मस्को । रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ । रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप […]

मन्त्रिपरिषद् बैठक आज बस्दै, कोरोना नियन्त्रणका लागि नयाँ नियमहरुमाथि छलफल हुने

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि यसबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने भएको हो । एक मन्त्रीका अनुसार आइतबार कोभिड १९ संकट व्यवस्थापन सेन्टरले गरेका विभिन्न सिफारिसमाथि आज मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको हो । सिसिएमसीको हिजोको बैठकमा काठमाडौं आवतजावतमा कडा […]

भदौ १ देखि अन्तर जिल्ला र हवाई यातायात खुला नहुने !

काठमाडौं । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले भदौ १ गतेदेखि हवाई सेवा, लामो दूरीको सार्वजनिक यातायात खुला नगर्न सरकारसमक्ष सिफारिस गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले साउन ५ को मन्त्रिपरिषद् निर्णय सच्याउन सिफारिस गरेको हो । यस विषयमा ठोस निर्णय नभएको तर यो कार्यान्वयन गर्नु […]

विश्वमा कोरोना : एकैदिन ६ हजार २०७ जना संक्रमितको मृत्यु

काठमाडौं । आइतबार विश्वमा ६ हजार २०७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको भन्दा केही कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार ६ हजार ५६६ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख २२ हजार २८५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा