
ताप्लेजुङ । ‘नो केबलकार समूह’ र सरकार बिच भएको सहमति अनुसार प्रहरीले ताप्लेजुङबाट नियन्त्रणमा लिएका तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन(नानी)सहित तीन जनालाई बुधबार प्रहरीले छाडेको हो । मादेन १० हजार रुपैयाँ धरौटी राखेर छुटेका हुन् भने सिदिङ्वा गाउँपालिका – ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर […]
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुई जना डिएसपीको काज सरुवा गरेको छ । इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ ।
काठमाडौं । तीनजुरे हाइड्रोपावर प्रालिले ४.६ मेगावाटको सुपर मष्ट ईवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङको सिदिङवा गाउँपालिका-१ तथा पाँचथरको याङवरक गाउँपालिका-२ भएर बग्ने ईवा खोलाको पानीलाई उपयोग गरी जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । यो नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको आयोजना हो । कम्पनीले यो आयोजनाको विस्तृत अध्ययन र प्रारम्भिक […]
महोत्तरी । यसपालि सिंगो हिउँद पानी नपरी बित्नै लाग्दा किसान निरास छन् । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान अहिले अपेक्षित हिउँदेबाली नहुने चिन्ताले पिरोलिएका छन् । ‘हिउँद पानी नपरी बित्यो’, बर्दिवास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापामगर भन्छन्, ‘खै हिउँदे बाली राम्ररी भित्रयाउन पाइएला जस्तो छैन ।’ कुलोको स्थायी सिँचाइको प्रबन्ध […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यति बेला बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । अहिले तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली […]
काठमाडौं । ताप्लेजुङमा रहेको पाथीभरामा तीर्थयात्रीको सहजताका लागि भन्दै निर्माण सुरु भएको केबलकारको विरोधमा गरिएको सबै बन्द र आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सरकार र आन्दोलनरत ‘नो केबलकार समूह’ बिच भएको वार्ता सकारात्मक भएका कारण सबै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिएको उक्त समूहले जनाएको छ । उक्त समूहसँग सरकारले सोमबार र मङ्गलबार वार्ता […]
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले पाथीभरामा निर्माण सुरु भएको केबलकारको विषयमा पार्टीको धारणा सँधै एउटै र प्रष्ट रहने बताएको छ । मङ्गलबार केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेल प्रसाद बुडाक्षेत्री (पराग) र जिल्ला संयोजक बिष्णुकुमार लिम्बु (बिरु) द्धारा हस्ताक्षरित विज्ञप्तिमा केबलकार निर्माणको विषयमा सुरु अवस्थाबाट नै पार्टीको धारणा प्रष्ट राख्दै आएको उल्लेख गरिएको छ […]
विराटनगर । पाथीभरामा केबलकार निर्माणमा अवरोध हुनु उचित नभएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । पूर्वाधारको कमीका कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको बेला यसरी विकासकाे अवराेध हुनु उचित नभएकाे महासंघकाे ठहर छ । यसाे हुँदा लगानीकर्तामाझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने भएकाले […]
झापा । झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागूऔषध कारोबारी घाइते भएका छन् । झापाको कनकाई नगरपालिका – ४ स्थित सुरुङ्गामा लागूऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । प्रहरीले पाँच राउन्ड गोली […]
काठमाडौं । मंगलबार प्रकाशित एक अध्ययन अनुसार वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ । यसले विशेष गरी महिला र दक्षिण पूर्वी एसियाका मानिसहरूलाई कडा असर गरिरहेको छ । फोक्सोको क्यान्सर यस रोगको सबैभन्दा सामान्य रूप हो । सन् २०२२ मा २५ लाख मानिसको निदान भएको विश्व क्यान्सर दिवसमा ल्यान्सेट रेस्पिरेटरी […]