वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षेनी दोहोरिने बाढी जोखिमलाई मध्यनजर गर्दै दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरेका हुन्। प्रधानमन्त्री शाहले हरेक वर्षको वर्षायाममा नदी किनारका बस्तीमा […]

सुकुमवासी बस्तीमा प्रहरीले राख्यो सीसीटीभी, सम्भावित घटनाको निरीक्षण

काठमाडौं । प्रहरीले थापाथलीको सुकुमवासी बस्तीमा सीसीटीभी क्यामेरा जडान गरेको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान गरिएको हो । सरकारले भोलि राजधानीका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउँदै छ । त्यस क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षणका लागि क्यामेरा राखिएको बताइएको छ । प्रहरीले भने नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको […]

सुकुम्बासीले थाले बस्ती खाली गर्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन् । प्रधानमन्त्री शाहले अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन् । शनिबार बिहानदेखिनै बस्ती खाली गराउन […]

भोटखोलाका १००० बढी नागरिकले लिए सीमापास

किमाथांका (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट एक हजार बढी नागरिकले सीमापास लिएका छन् । विसं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथांका नाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए । उत्तरी क्षेत्र किमाथांका नाका सञ्चालनमा आएपछि एक हजार ३३८ सीमापास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ […]

दैनिक संगीत सुन्दा स्वास्थ्यमा देखिन्छ सकरात्मक प्रभाव ?

काठमाडौं । हिजोआज जिन्दगी यति भागदौडपूर्ण बनेको छ कि जिन्दगीमा तनाव निकै बढेको छ । व्यावसायिक र व्यक्तिगत अप्ठ्याराहरू मानिसका लागि समस्या बन्दै गइरहेका छन् । मानिसहरू प्रायः तनावसँग जुध्ने तरिकाहरू खोजिरहेका हुन्छन् । धेरैजसो मानिस तनाव कम गर्न चियातिर लाग्छन भने अरू चुरोट वा रक्सीतिर लाग्छन् । तर तनाव कम गर्ने एउटा यस्तो तरिका […]

६ महिनामा १ लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमति पत्र […]

यी प्रदेशमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने हिमाली भू-भागका साथै कोशी प्रदेशका तराई भेगमा आंशिक बादल लागेको छ । देशका अन्य भागमा मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भागमा […]

भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ

काठमाडौं । प्रहरीले भोलि बेलुकासम्म वस्ती खाली गर्न सुकुम्बासी बस्तीमा माइकिङ गर्न थालेको छ । थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुगेर प्रहरीले माइकिङ गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । प्रधानमन्त्री बालेनले सुकुम्बासीलाई लजमा राखेर लगत संकलनको योजना बनाएको बुझिएको छ […]

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष गोल्छा पक्राउ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौँको नागार्जुन नगरपालिका-८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरिएको हो । सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा […]

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको लहरको पनि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं