तीनकुनेस्थित गैरीगाउँको सुकुम्वासी बस्तीमा पनि चल्यो डोजर

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैरी गाउँको सुकुम्वासी बस्तीमा पनि सरकारले डोजर चलाएको छ । सुकुम्वासी बस्तीका घरटहरा भत्काउन काठमाडौँ महानगरपालिकाले पक्की घरहरूमा डोजर चलाएको हो । यसअघि थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर लगाएको थियो । घर टहराभित्र सामान सार्ने काम भइरहेको छ ।

दशरथ रंगशालामा सुकुम्वासीको ‘स्क्रिनिङ’: ४ परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुम्वासी र भूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुम्वासी परिवारको लगत संकलन गरिरहेका छन् । अपराह्न १:३० बजेसम्म २३ परिवारको लगत संकलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता […]

भूकम्पको १० वर्ष : भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा

काठमाडौं । बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई । हरेक वर्ष आउने वैशाख १२ नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ । विसं २०७२ को भूकम्पको सम्झनाले एक पटक झस्काउँछ । भूकम्प भएको एक दशक बिते पनि घाउ निको भएको छैन । राजधानीका गल्ली–गल्लीमा, पहाडी गाउँका पाखा–पखेरामा, अझै भत्किएका आवास ठडिन सकेको छैन । जहाँ […]

देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने […]

थापाथली सुकुमवासी बस्तीमा चल्यो डोजर, वातावरण शान्त

काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको हो। बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । यसपटकको दृश्य विगतका भन्दा […]

आफू अनुकूलको ठेक्का पार्न खाेज्ने राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र […]

राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेका छन्। अध्यक्ष लिङ्देनले शुक्रबार कार्कीलाई केन्द्रीय सदस्यसहित पार्टीमा सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्। निर्णयसँगै उनले कार्कीले हालसम्म पार्टीको जिम्मेवारीमा रहेर गरेको योगदानप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

लागू औषध कारोबारीलाई समाउन प्रहरीले चलायो गोली, १ घाइते

काठमाडौं । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएको छ । लागू औषध कारोबारीलाई समाउने क्रममा लागू औषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । घाइते १ जनालाई अस्पताल पठाइएको उनले जानकारी दिएको छन् ।

विराटनगरमा सार्वजनिक पैदलमार्ग व्यवस्थापन अभियान सुरु

काठमाडौं । विराटनगर महानगरपालिकाले शहरी क्षेत्रको पैदलमार्गमा देखिएको अव्यवस्थित प्रयोगलाई नियन्त्रणमा ल्याउन कार्यान्वयनमुखी कदम अघि बढाएको छ। बजार क्षेत्र केन्द्रित यस अभियानअन्तर्गत सार्वजनिक आवागमनका लागि छुट्याइएका स्थानलाई खाली गराउने कार्य शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो। महानगरकी उपप्रमुख शिल्पा निरला कार्कीको समन्वयमा नगर प्रहरी र नेपाल प्रहरी को संयुक्त टोलीले स्थलमै पुगेर सडकपेटीमा राखिएका विभिन्न […]

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षेनी दोहोरिने बाढी जोखिमलाई मध्यनजर गर्दै दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरेका हुन्। प्रधानमन्त्री शाहले हरेक वर्षको वर्षायाममा नदी किनारका बस्तीमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं