
ताप्लेजुङ । बिरामीलाई झापा पुर्याएर औषधी बोकेर ताप्लेजुङ फकिँदै गरेको एम्बुलेन्समा बिहीबार राती सदरमुकाम नजिकै ढुंगा प्रहार भएको छ । बुधबार जिल्ला अस्पताल ताप्लेजुङबाट रेफर भएका बिरामीलाई झापा पुर्याएर एक्सरे फिल्म लगायत अत्यावश्यक औषधि बोकेर फर्कदै गरेको अस्पतालको प्रदेश १–०१–००१ झ ०२३२ नम्बरको एम्बुलेन्समा राती करिब १० बजेको समयमा सदरमुकाम नजिकैको सिग्देल खोल्सामा बसेको समूहले […]
इलाम । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा दर्शनका लागि जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै पहिचान पक्षधर समूहले गरेको बन्दको मारमा नागरिक परेका छन् । यस्ता बन्द र हड्तालले कसैलाई फाइदा नगर्ने भन्दै इलाम उद्योग वाणिज्य संघ इलामले वार्ता र सहमतिमार्फत समस्याको समाधान खोज्न आह्वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले […]
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिस्कारको बीच संसद बैठक अघि बढाएका छन् । बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै […]
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने संसद […]
खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन् । “तीनवटा धर्मको […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति बेला कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ भने आज राति […]
ताप्लेजुङ । पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै यसको विरोधमा पहिचान पक्षधरले गरेको यातायात बन्दको विकल्प खोज्न यातायात मजदुरले आग्रह गरेका छन् । विहीबार एक विज्ञप्ति जारी गर्दै यातायात बन्दका कारण आफूहरू लाई पेट पाल्नै गाह्रो भएकाले आन्दोलन र बन्द गरेर मजदुरलाई समस्यामा नपार्न उनीहरूले आग्रह गरेका हुन् । तीन दिन सम्म आन्दोलनको […]
ताप्लेजुङ । ताप्लेजुङका राजनीतिक दल जिल्लामा लगानी मैत्री वातावरण बनाउनु पर्ने पक्षमा एकमत देखिएका छन् । पाथीभरामा केबलकार निर्माण सुरु भएसँगै उत्पन्न परिस्थिति पछि विहीबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै जिल्लाका ६ राजनीतिक दलहरूले समस्याको समाधान वार्ताबाट गर्नुपर्ने र असहज परिस्थिति अन्त्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा […]
ताप्लेजुङ । बन्द र हड्ताल जस्ता गतिविधिले ताप्लेजुङका नागरिकको जनजीवनमा असर परेकाले बन्द फिर्ता लिइ वार्ताबाट समस्याको समाधान खोज्न ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । विहीबार एक विज्ञप्ति जारी गर्दै सङ्घले समस्याको समाधान बन्द नभई वार्ताबाट गर्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ भने सरकारलाई तत्काल वार्ता गरी जनजिवन सहज बनाइदिन अपिल […]
ताप्लेजुङ । पाथीभरामा केबलकार निर्माणको विरोधमा गरिएको यातायात हडतालको यातायात व्यवसायीले विरोध जनाएका छन् । बुधबार नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ इलामले प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको तथा २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिई ल्याइएको सवारी साधन बन्द हुँदा यातायात व्यवसायी ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा […]