आउँदो निर्वाचनसम्म यही सरकार रहन्छः अर्थमन्त्री पौडेल

विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कांग्रेस–एमालेको सरकार आउने २०८४ को निर्वाचनसम्म नै रहने बताएका छन् । विराटनगरमा आज उद्योग संगठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो’को उद्घाटन गर्दै उहाँले अहिलेको सरकार जनाधारको आधारमा बनेकाले २०८४ सम्मै रहने बताएका हुन् । कांग्रेस एमालेको सरकार आइसकेपछि देशमा केही सकारात्मक संकेत देखिएकोसमेत उनको दाबी थियो । विराट एक्पोका […]

यू-१९ टी-२० महिला विश्वकपमा सकियो नेपालको यात्रा

काठमाडौं । नेपालले जितसहित आइसीसी महिला अन्डर नाइन्टिन टी-२० विश्वकप समाप्त गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले हराएको हो । जारी विश्वपकमा यो नेपालको पहिलो जित हो । नेपालको जितमा कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शन रह्यो । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि […]

आगलागी बढ्न सक्नेतर्फ सचेत रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, “क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आँकलनसँगै देशभर वन डढेलो तथा आगलागीका घटनाको जोखिम थप बढ्ने सम्भावना छ […]

राष्ट्रिय युवा संघकाे शनिवार हुने भेलामा ११०० बढी प्रतिनिधि सहभागी हुने

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिवार हुने भेलाको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको युवा सङ्घले जनाएको छ । शिक्षा, रोजगार, उद्यमशीलता तथा सामाजिक न्याय, समावेशिता र नवीनतामा […]

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, भर्चुअल माध्यमबाट प्रधानमन्त्रीले गरे सम्बाेधन

काठमाडौं । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा सुरुङको ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको दाबी […]

भारतमा रेल दुर्घटनामा ज्यान गुमाएका ७ नेपालीको विवरण सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले यही माघ ९ गते भारतमा भएको रेल दुर्घटनाबाट ज्यान गुमाएका ७ जनाको नेपालीको विवरण सार्वजनिक गरेको छ । उक्त दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । मृतकहरूमा कैलालीका २, अछामका ४ र बाँकेका १ जना छन् । दुर्घटनामा घाइते ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र बाँकी १ को गोदावरी अस्पताल […]

पाथीभरामा केबलकार : ज्येष्ठ नागरिक र बालबालिकाले निःशुल्क चढ्न पाउने

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएर सञ्चालन भएपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फीट मुनिका बालबालिकाले निःशुल्क चढ्न पाउने भएका छन् । पाथीभरामा केबलकारले ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने पाथीभरा देवी दर्शन केबलकार सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । ‘उकालोमा हिड्‌न गाह्रो हुने भनेकै ७५ […]

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर एक लाख ६० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको मूल्य १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार […]

भारतमा रेल दुर्घटना : अछामका एकै परिवारका ३ जनाको मृत्यु

अछाम । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा परी एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमुको उक्त दुर्घटनामा ज्यान गएको हो । यस्तै अछामकै कलबजार नगरपालिका-४ चाल्साकी ६० वर्षीया जयकला कामीको पनि उक्त दुर्घटनामा मृत्यु भएको […]

झापामा ६ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुसार जिल्लाका निम्ति रु १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म रु दुई अर्ब १५ करोड ३६ लाख दुई हजार […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं