
विराटनगर । अब सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले चालकको चाबी खोस्न नपाउने भएकाे छ । सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले कानुनविपरीत जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने गरेको भन्दै परेको निवेदनका आधारमा पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ । व्यक्तिगत सम्पत्ति र […]
फुङ्लिङ । दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजङ्घा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबीच जलवायु परिवर्तनले पुर्याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजङ्घा गाउँपालिकाका प्रवक्ता बमप्रसाद […]
ताप्लेजुङ । प्रेस चौतारीको २७औं स्थापना दिवसको अवसर पार्दै प्रेस चौतारी नेपाल ताप्लेजुङले सक्रिय ३ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपालले माघ २२ गते आफ्नो २७औं स्थापना दिवस मनाउँदैछ । त्यसै अवसरमा पत्रकार राजेन्द्र श्रेष्ठ, मदन गौतम र लोकेश लिवाङलाई पुरस्कृत गर्ने निर्णय भएको चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष वसन्त पालुङ्वाले जानकारी […]
काठमाडौं । भारतका विदेश मन्त्री एस. जयशंकरले गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका भारतीयहरूलाई स्वदेश फिर्ता गर्न तयार भएको बताएका छन् । भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले ‘वैधानिक फिर्तिको लागि खुला’ भएको बताएका छन् । जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई यो जानकारी दिएको पनि बताएका छन् । सोमबार अमेरिकाको ४७ औँ राष्ट्रपति चयन भएका डोनाल्ड ट्रम्पले […]
काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी […]
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएपछि एक दिन सम्म उकालो पैदल यात्रा गर्नुपर्ने दूरी १० मिनेटमा छोटिने भएको छ । हाल तल्लो फेदी अर्थात् काफ्लेपाटीबाट उकालो पैदल यात्रा गर्दै माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिरसम्म यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । केबलकार निर्माण सम्पन्न भएपछि यो यात्रा १० मिनेट ३१ सेकेन्डमा […]
काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो । यो घटनामा मृत्यु भएका १३ जनामध्ये […]
प्रयागराज । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ । यही माघ १ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दू धर्मावलम्बीहरूले भारतको […]
नेपालगञ्ज । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए । “ताल, तलैयामा भएको फोहोरले चराको […]
लमजुङ । लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्छन् । फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान हुँदै श्रीमञ्जाङसम्म भेडाको बथानको पछि लाग्दै पुग्छन् । बितेका २४ वर्ष उनलाई २४ दिन जस्तै लाग्छ । भेडाबाख्रालाई आफ्नो सन्तान जत्तिकै माया गर्ने उनलाई भेडाका बथानको […]