पूर्व राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ । सो सम्मेलनलाई […]

न्यूयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दसैं

न्यूयोर्क। अमेरिकाको न्यूयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन् । बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा […]

बिर्तामोडको बडी ग्यारेजमा आगलागी, ६५ वर्षीय वृद्धको जलेर मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका– २, रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परेर क्यान्टिनमा काम गर्ने ६५ वर्षीय रुद्रबहादुर तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजेर १० मिनेटमा ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी […]

अधिकांश स्थानमा मौसम सफा रहने

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको […]

पीएचपीका कमजोरी एआईले भेटायाे, सरकारी वेबसाइट सबै बन्द

काठमाडौं । वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालका पनि सरकारी वेबसाइट बन्द भएका छन् । सम्बन्धित संस्थालाई PHP को सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरु अस्थायी रूपमा बन्द राख्न साइबर सुरक्षा निकायहरूलेआग्रह गरेका थिए । बुधबार दिउँसो ती कमजोरी समाधान […]

हुथी आक्रमण बढेपछि साउदीबाट अमेरिकी कर्मचारी फिर्ता बोलाइयो

काठमाडौं । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमाथि आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित दूतावासबाट गैर–आकस्मिक कर्मचारी तथा उनीहरूका परिवारलाई देश छाड्न आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटका अनुसार हुथी आक्रमणबाट विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण संरचनामा जोखिम बढेको छ। यसैबीच, साउदी अरबले बुधबार कम्तीमा सातवटा ड्रोन निष्क्रिय पारेको जनाएको छ। […]

नेपाल प्रहरीको नि:शुल्क बस सेवा : २ दिनमा १४०६ यात्रु लाभान्वित

काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट दुई दिनमा कुल १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन्। सर्वसाधारणको आवागमनलाई सहज बनाउने उद्देश्यले सञ्चालित उक्त सेवाबाट पुरुष तथा महिला यात्रुले सुविधा लिएका हुन्। नेपाल प्रहरीद्वारा सार्वजनिक विवरणअनुसार कात्तिक ३ गते २३६ पुरुष र २७४ महिला गरी कुल ५१० जनाले नि:शुल्क बस सेवा उपयोग […]

साउदीमा ड्रोन आक्रमण, नेपालीसहित २ जनाको मृत्यु

काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईजनाको मृत्यु भएको छ । पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको थियो । साउदी ऊर्जा मन्त्रालयका अनुसार, बुधबार बिहान प्रशोधन केन्द्रतर्फ लक्षित ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी […]

यु-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् । नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा […]

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी । शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा बुधबार साँझ सम्पन्न भएको छ । त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध गरेको विश्वासमा मिथिलामा यो उत्सव मनाइने परम्परा छ । सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले यहाँ रावणवध खास महत्वको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं