कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं । नेपाली काँग्रेसले विपक्षी दलको बैठक बोलाएको छ। बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू एकजुट हुन लागेका हुन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ।

बीपी राजमार्ग पुन: अवरुद्ध, बनाइएका डाइभर्सन बाढीले बगायो

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुन: पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन […]

आज कुन देशको मुद्राको विनिमय दर कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ । बाँकी भूभागमा आंशिक बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, […]

संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी तीव्र, विज्ञहरूको राय संकलन जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी कार्यदलले विज्ञहरूसँगको परामर्शलाई थप विस्तृत बनाउँदै अघि बढाएको छ । संविधान कार्यान्वयनको करिब एक दशकको अनुभव, देखिएका संरचनागत तथा व्यवहारिक चुनौती र नागरिक अपेक्षालाई समेटेर नीति-बहसका लागि आधार तयार गर्ने उद्देश्यसहित कार्यदलले सरोकारवालासँग छलफललाई निरन्तरता दिएको हो । […]

‘चिया पिउनु भयो त ?’

आजकल चिया केवल पेय पदार्थ होइन — यो एउटा भावना हो, एउटा बहाना हो, र कतिपयका लागि त जीवनको लय नै हो । बिहान आँखा खुल्नेबित्तिकै ‘चिया खाउँ ?’ भन्ने प्रश्नबाट सुरु हुने दिन बेलुकीसम्म आइपुग्दा ‘अब, एक कप चिया खाएर जाउँ न !’ भन्ने निम्तोमा टुंगिन्छ । अझ पछिल्लो समय त चियाले डिजिटल दुनियाँसम्म […]

मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रमा सार्वजनिक जग्गा खाली, हटाइए ९४१ संरचना

काठमाडौं । काठमाडौँ र भक्तपुरको सिमाना क्षेत्रमा पर्ने मनोहरा, थापाथली र गैरीगाउँ आसपासका सार्वजनिक जग्गा खाली गर्ने कार्य सम्पन्न भएको छ । लामो समयदेखि अतिक्रमणमा रहेको भनिएको नदी किनार क्षेत्रबाट संरचना हटाइएपछि उक्त क्षेत्र अहिले खाली र सुनसान देखिएको छ । सरकारी तथ्यांक अनुसार काठमाडौँ तर्फ १३१ र भक्तपुर तर्फ ८१० गरी कुल ९४१ वटा […]

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको […]

पहुँचका भरमा सुविधा लिइरहेका ६२२ वटा सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको हो। कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र […]

सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी तथा सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार दिउँसो अध्यादेशसम्बन्धी मन्त्रिपरिषद्को पत्र प्राप्त भएको छ । ‘केहीबेरअघि दुई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं