विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताएका छन् । आज विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने बताए । ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ,’ उनले भने । […]
विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई थप उपचारका लागि आइतबार काठमाडौं लगिएको छ । झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए । तीमध्ये ३ जनालाई थप उपचारका लागि आइतबार बिहान मात्रै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौं पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुँगा र गुलेली प्रहार गरेपछि भएको झडपमा घाइते हुने अधिकांश आन्दोलनकारी ताप्लेजुङ भन्दा बाहिरी जिल्लाका रहेका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पाथीभरामा केबलकारको विरोधमा भएको आन्दोलनमा ताप्लेजुङ भन्दा बाहिरी जिल्लाका धेरै आन्दोलनकारी आएकाले घटनामा घाईते पनि जिल्ला बाहिरका बढी भएका हुन् । प्रहरीलाई […]
ताप्लेजुङ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ । विसं २०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुंगा र गुलेली प्रहार गरेपछि भएको झडपमा ५ आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन शनिबार दिउँसो अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउनु नै पर्ने अवस्था आइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए । झडपका क्रममा […]
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ले ढुंगा र गुलेली हान्न थालेपछि प्रहरीले गोली चलाएको छ । शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको […]
ताप्लेजुङ । ताप्लेजुङकाे पाथिभरा क्षेत्रमा केबलकारको विरोधमा उत्रिएको पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ काफ्ले पार्टीभन्दा केहीमाथि पाथिभरा मन्दिर जाने बाटाेमा प्रहरी र केबलकारको विरोधमा रहेकाहरूबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो । पाथीभरा जाने केबलकारको निर्माणको काम मंगलबारबाट सुरु भएको […]
विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कांग्रेस–एमालेको सरकार आउने २०८४ को निर्वाचनसम्म नै रहने बताएका छन् । विराटनगरमा आज उद्योग संगठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो’को उद्घाटन गर्दै उहाँले अहिलेको सरकार जनाधारको आधारमा बनेकाले २०८४ सम्मै रहने बताएका हुन् । कांग्रेस एमालेको सरकार आइसकेपछि देशमा केही सकारात्मक संकेत देखिएकोसमेत उनको दाबी थियो । विराट एक्पोका […]
काठमाडौं । नेपालले जितसहित आइसीसी महिला अन्डर नाइन्टिन टी-२० विश्वकप समाप्त गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले हराएको हो । जारी विश्वपकमा यो नेपालको पहिलो जित हो । नेपालको जितमा कप्तान पूजा महतोको सानदार अलराउण्ड प्रदर्शन रह्यो । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि […]
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, “क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आँकलनसँगै देशभर वन डढेलो तथा आगलागीका घटनाको जोखिम थप बढ्ने सम्भावना छ […]