
बैतडी– अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्याएको हो । कीराले मकैको बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिए। उनले भने, ‘कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली […]
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान लिएका छन् । बुधबार साँझ नेकपा एमालेका ८ मन्त्रीको राजीनामासँगै समर्थन फिर्ता भएपछि अल्पमतमा परिसकेका उनले संसद् फेस गर्ने अडान लिएका हुन् । राजीनामा पत्र बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूसँगको छलफलमा उनले ३० दिनसम्म सरकारमै रहने अडान लिएका हुन् । बिहीबार बिहान राजीनामा […]
वेदकोट– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरवासीले खाद्यान्न सहित लत्ता कपडा जोगबूढा नदीवारि आफन्तकहाँ राखेका छन् । लत्ताकपडा, हलुका खानेकुरालगायत आवश्यक कागजपत्र राखेर झटपट झोला तयार छन् । ती सामान घरभित्र विगतमा बाढी पुगेकोभन्दा माथितिर सुरक्षित राखिएको छ । बाढीको बेला फसेकाको उद्धारका लागि स्थानीयले निर्माण गरेका दुई ढुंगा छन् । ‘बर्सात सुरु भइसक्यो । कुन […]
काठमाडौं – नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठनको गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता […]
म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो । निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा दुई सय ६२ मिटर […]
काठमाडौं– राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गरे। सचिव अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, […]
काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । बुधबार बिहान करिब ५: ३० बजे ठुलो आवाजका साथ सडक भासिएर पानी निस्किएको छ । बुधवार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा ११ फिट गहिरो थियो र सो खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । बिहानै परेको खाल्डोमा मोटरसाइकल खसेको छ भने चालक […]
किमाथांका– सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । विस्थापितहरू आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोले कोशी राजमार्ग अन्तर्गतका […]
काठमाडौं – नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ । ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले […]
पोखरा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरू नियन्त्रणमा लिएको हो । पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो । अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरू नियन्त्रणमा लिएको छ […]