कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण, अन्तर्राष्ट्रिय बजारमा कस्तो पर्ला असर ?

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण भएको छ । यस आक्रमणलगत्तै अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यू.टी.आई.) को मूल्य ३.४ प्रतिशतले बढेको छ । कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार अंकरेज क्षेत्रमा रहेको ‘अल–सल्मी’ नामको जायन्ट ट्यांकरमा सिधै आक्रमण भएको हो । कुवेत पेट्रोलियम […]

५ जना सांसदलाई एकसाथ सम्मान गर्दै ताप्लेजुङ सरोकार केन्द्र 

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले ५ जना प्रतिनिधिसभा सदस्यलाई सम्मान गर्ने भएको छ ।  ताप्लेजुङमा जन्मिएका र पुर्ख्यौली घर भएका गत फागुन २१ मा सम्पन्न निर्वाचनमा विजयी र समानुपातिक पाँच जना सांसदलाई सम्मान गर्ने निर्णय भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । सम्मानित हुने सांसदहरूमा क्षितिज थेबे, यज्ञमणि न्यौपाने, गीता लिङदेन, […]

बाँदर नियन्त्रणको माग गर्दै किसानहरु प्रदर्शनमा

खोटाङ । खोटाङका किसानहरु बाँदर नियन्त्रणको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । खेतबारीमा लगाइएको अन्नबाली बाँदरले नष्ट पारेपछि त्यहाँका किसानहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले हलो, जुवा, कोदाली, गैंती, साबेल लगायतका कृषि औजारसहित प्रदर्शनमा उत्रिएका छन् । ‘बाँदर व्यवस्थापन गर्नै पर्छ’, ‘गाउँमा बाँदर भरियो, जनता भोकै परियो’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गर्दै दिक्तेलबजार परिक्रमा गरेका […]

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक सय कार्यसूचीमा स्वास्थ्य क्षेत्रको सुधारका लागि ६ वट बुँदा समेटिएकोे छ । जसमा डिजिल प्रणाली चुस्त बनाउने सरकारको प्राथमिकतामा रहेको छ । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीले अस्पताल सेवामा पहुँच नपाउने, आर्थिक कारणले उपचारबाट वञ्चित अवस्थाको अन्त्य गर्न र निजी–सरकारी दुवै क्षेत्रमा सामाजिक उत्तरदायित्व […]

धम्की आएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पाङले टिकटकमा सुनिता खड्का नामक प्रयोगकर्ताबाट धम्की आएको दाबी गर्दै उनलाई पक्राउ गरी कानुनी कारबाही गर्न र आफ्ना परिवार तथा घरको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। उजुरीमा साम्पाङले भिडिओ र […]

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक केही बेरअघिबाट सुरु भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकले पनि केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ।

झापामा चन्द्रगढी महिला गोल्डकप

झापा । भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५ देखि १४ गतेसम्म हुने भएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख राशिको पुरस्कार प्राप्त गर्ने छन् । चन्द्रगढी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए । नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल […]

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा किन परिन् पक्राउ ?

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए । उनीमाथि […]

ताप्लेजुङमा लेक लागेर योजना अधिकृत हमालको मृत्यु

ताप्लेजुङ । समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार हमाल समृद्ध […]

ब्रिज कोर्स र इन्ट्रान्स तयारी कक्षा सञ्चालन रोक्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न तहका भर्ना प्रक्रियाअघि सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले विद्यालयदेखि उच्च शिक्षासम्मका भर्ना गतिविधि सुरु हुनु अघि निजी रूपमा सञ्चालन गरिँदै आएका यस्ता कार्यक्रमहरू रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको हो। मन्त्रालयको धारणा अनुसार ब्रिज कोर्स र तयारी कक्षाहरूले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं