आजदेखि संसद् अधिवेशन, ३ अध्यादेश पेस हुँदै

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २:०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका […]

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो हिमाली र […]

एसईई परीक्षा आजदेखि, ५ लाख १२ हजार विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ […]

युवा उद्यमीलाई लक्षित गरी ‘उदय परियोजना’ सञ्चालन गर्दै कोशी सरकार

इलाम । कोशी प्रदेशका मुख्यमन्त्री हिक्ममतकुमार कार्कीले कोशी प्रदेशमा युवालाई लक्षित गरी उदय परियोजना सञ्चालनको तयारी रहेको बताएका छन् । इलामको सूर्योदय नगरपालिका–३ बौद्ध धाममा निर्माण गरिएको बुद्धको प्रतिमासहितको पार्क उद्घाटन गर्दै बुधवार मुख्यमन्त्री कार्कीले नवप्रवर्तन कार्यक्रम मार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना सञ्चालन गर्न लागिएको बताए । मुख्यमन्त्री कार्कीले युवा लक्षित उदय […]

चन्द्र यात्राको नयाँ अध्याय: आर्टेमिस-२ तयारीमा

काठमाडौं । झन्डै पाँच दशकपछि मानवलाई पुन: चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस–२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने संकेत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ । अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष […]

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । आयोजनाको विद्युत् गृह चिचिला गाउँपालिका–२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् […]

कम्बोडियाबाट ८ नेपालीको उद्धार

काठमाडौं । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए)को समन्वयमा उद्धार गरिएका उनीहरू आज स्वदेश फर्किएका हुन्। दूतावासका अनुसार आकर्षक तलबको लोभमा भिजिट भिसामा कम्बोडिया पुगेर बन्धक बन्ने र अनलाइन ठगीमा लाग्न बाध्य […]

गुराँस हेर्न तिनजुरे–मिल्के–जलजले जाँदैहुनुहुन्छ ? टिपे कारबाही होला

तेह्रथुम । पूर्वी नेपालको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँस टिप्ने र हाँगा भाँच्ने गतिविधिमाथि कडा कारबाही सुरु गरिएको छ। गुराँस फुल्ने सिजनमा बढ्दो मानवीय हस्तक्षेपले जैविक विविधता र प्राकृतिक संरचनामै असर पार्न थालेपछि सामुदायिक वनहरूले निगरानी कडा बनाउँदै जरिवाना व्यवस्था लागू गरेका हुन्। समुद्री सतहदेखि करिब १ हजार ७०० मिटरदेखि ५ हजार मिटर उचाइसम्म फैलिएको तिनजुरे–मिल्के–जलजले […]

राउतको अवकाश, सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबार अवकाश भएपछि संवैधानिक व्यवस्थाअनुसार मल्ल कार्यवाहक नेतृत्वमा पुगेकी हुन्। नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। […]

प्रधानमन्त्री कप क्रिकेट : कोशीमाथि पुलिसको सानदार जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सानदार जित निकालेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले कोशीलाई ६ विकेटले हरायो । जितका लागि एक सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं