काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजेड आन्दोलनको घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ । प्रहरी प्रधान कार्यालयबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै उक्त प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको हो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको उक्त प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री […]
तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ । झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो । […]
काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाउने भएको हो । पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको […]
काठमाडौँ । बालेन नेतृत्वको सरकारले सार्वजनिक प्रशासनमा देखिएको दलगत प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियन खारेज गर्ने नीति अघि सारेको छ। शासकीय सुधारअन्तर्गत सरकारले निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकलाई कुनै पनि दल, समूह वा स्वार्थकेन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने व्यवस्था गरेको छ। सरकारले सार्वजनिक प्रशासनलाई पूर्णत: राजनीतिक […]
काठमाडौँ । बालेन नेतृत्वको सरकारले शासकीय सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको छ। मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा बढी हुँदा चालु खर्च बढेको निष्कर्ष निकाल्दै सरकारले ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने नीति लिएको हो। यसका लागि नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरिने उल्लेख गरिएको छ। मन्त्रालयहरूको संख्या पुनरावलोकन गर्ने क्रममा हाल कायम रहेका […]
काठमाडौँ । भदौ २४ गते भएको घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने भएको छ। बालेन नेतृत्वको सरकारले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत उक्त घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समय सीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइने उल्लेख गरिएको छ। समितिको प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही प्रक्रिया […]
काठमाडौं । बालेन्द्र शाह(बालेन)नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको भए पनि तत्काल सार्वजनिक गरिएको थिएन । सरकारले शनिबार साँझ कार्यसूची सार्वजनिक गर्दै सेवा प्रवाह, सुशासन, प्रशासनिक पुनर्संरचना तथा डिजिटल शासनलगायत क्षेत्र समेटेर सुधारका प्राथमिकता अघि सारेको जनाएको छ ।
काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई आज एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै […]
काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ । आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको […]
काठमाडौं । जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहान निवासबाटै पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । दुवै जनालाई मेडिकल गराएपछि त्यसपछि अनुसन्धानका लागि परिसरको भद्रकालीस्थित हिरासतमा राखिने तयारी गरिएको परिसरका एक प्रहरीले […]