म्याद थपसँगै ओली अस्पतालमै, लेखकलाई प्रहरी गणमा राख्ने व्यवस्था

काठमाडौं । जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको हिरासत म्याद थप भएसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचाररत अवस्थामै अस्पतालमा राखिने भएको छ भने पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमा राखेर अनुसन्धान अघि बढाइने भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार नियन्त्रणमा लिइएका लेखकलाई प्रारम्भदेखि नै सोही गणमा राखिएको थियो र आगामी दिनमा […]

मालपोत कार्यालय धनकुटाका तत्कालीन कार्यालय प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १५  जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले मालपोत कार्यालय, धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासमेत १५ जना उपर गैर कानुनी लाभ वा हानि एवं घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले आफैँ भंग गरे युनियन

काठमाडौं । सरकारको निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरूले आफ्नै युनियन भंग गरेका छन्। सरकारले शासकीय सुधारका लागि पारित गरेको १०० कार्यसूचीमा युनियन खारेज गर्ने निर्णय समेटिएपछि सो निर्णयलाई समर्थन जनाउँदै कर्मचारीहरूले स्वयं युनियन भंग गरेका हुन्। राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजु ओलियाले आजदेखि लागू हुने गरी युनियन भंग गरिएको जानकारी दिएका […]

ओलीको उपचारको प्रभावकारी व्यवस्था मिलाउन अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारको प्रभावकारी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले मुद्दामा पाँच दिनको म्याद थप गर्ने अनुमति प्रदान गर्दै उपचार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको हो। अदालतले प्रतिवादी अस्वस्थ रहेको र हाल अस्पतालमा उपचाररत अवस्थालाई मध्यनजर गर्दै आवश्यक […]

ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालत स्रोतले जनाएको छ । भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुवै जनामाथि मुलुकी अपराध संहिता २०७४ को दफा […]

सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउने प्रस्ताव

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने न्यूनतम उमेर थप वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो सिफारिस गरिएको हो। उक्त मार्गचित्रले हाल कायम गरिएको उमेर सीमालाई पुनरावलोकन गर्दै भत्ता पाउने उमेर ७५ वर्षसम्म पुर्‍याउन सुझाव दिएको छ। यसअघि सरकारले […]

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरूसँगको बैठकमा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु भएको छ […]

९ जना जुवाडे प्रहरी नियन्त्रणमा

मोरङ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका-२ स्थित एक निजी आवासमा सञ्चालन भइरहेको जुवाको गतिविधिमा संलग्न रहेको आरोपमा नौ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले शनिबार उक्त स्थानमा छापा मार्दा बंशी राठीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। नियन्त्रणमा परेकामध्ये ३९ वर्षीय बलराम राठी समेत रहेका छन्। प्रहरीका अनुसार सो […]

बरामद भएको रकमको अनुसन्धान गर्न खड्कालाई नियन्त्रणमा लिइएको हो : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्कालाई पक्राउ गरेको बताएका छन् । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउ परेका हुन् । यसबारे फेसबुकमार्फत गृहमन्त्री गुरुङले जानकारी दिदैँ लेखेका छन्, ‘पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज […]

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८६ हजार रुपैयाँ कायम भएको छ । त्यसतै चाँदीको मूल्य प्रतितोला रु चार हजार ७२० कायम भएको छ । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं