सभामुख र अध्यक्षले कर्मचारीको आन्दोलनबारे छलफल गर्दै

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारी, दलका मुख्य सचेतक, सचेतक, संसदका महासचिव तथा सचिवालयका सचिवलगायतसँग छलफल गर्दै छन् । बैठक बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । बैठकमा संसद सचिवालयका कर्मचारीको आन्दोलनलगायतका विषयमा छलफल हुनेछ । तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय […]

बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाउँछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् । इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै […]

नेपालले १८ ओभरमा गुमायो ७ विकेट : गुल्सन झा आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले ७ विकेट गुमाएको छ। नेपालका ओपनर कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, कप्तान रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल र गुल्सन झालाई गुमाएको हो।

विविधताभित्रको एकता नै नेपालीको मौलिक पहिचान : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको पर्व बकर इद (अल अजहा) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो भन्दै बकर इदले आपसी सद्भाव र भाइचारा […]

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं– सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो संख्यामा लक्षित समूह बञ्चित हुने भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन । मन्त्रिपरिषद्को २०८१ जेठ २४ गतेको बैठकले सामाजिक सुरक्षा वितरणको लागि […]

सङ्खुवासभाको सभापोखरीलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने

काठमाडौं– धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभाको सभापोखरी क्षेत्रलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने भएको छ । तीन दशकदेखि नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पवित्र धार्मिकस्थल सभापोखरीलाई ग्रामीण पर्यटनका रूपमा विकास गर्न लागेको हो । उक्त क्षेत्रको पर्यटन विकासका लागि भिटोफ नेपाल नेतृत्वको टोली गत जेठ […]

चितवनमा पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

चितवन – विश्वका कृषि र प्रविधि क्षेत्रका विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले कृषि व्यवसाय र प्रबिधिमा पर्यावरणीय प्रभाव विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको जनाएको हो । अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलले सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसीया, चीन र […]

राष्ट्रपति पौडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। उनले जर्मनीको पोट्सडामस्थित ती संस्थाहरूको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे अनुसन्धानका साथै असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उनीहरूलाई […]

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो […]

मनसुन सुरुमै बाढी पहिरोको कहर : ताप्लेजुङमा पुल बगायो, संखुवासभामा घर

ताप्लेजुङ – मनसुन सुरु भएसँगै कोशी प्रदेशका पूर्वी पहाडी जिल्ला संखुवासभा र ताप्लेजुङ प्रभावित भएका छन् । सरकारी अधिकारीहरूले दिएका जानकारी अनुसार ती जिल्लाहरू वर्षाका कारण आएको बाढी, पहिरोका कारण डेढ सय बढी परिवार विस्थापित भएका छन् । संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा बाढी र पहिरोले ३ घर बगाएको छ भने करिब १२५ परिवार विस्थापित […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा